शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोना सङ्क्रमण बढ्यो

शुक्रबार, १६ असोज २०७७, ०६ : ३३
शुक्रबार, १६ असोज २०७७

काठमाडौँ – नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यस्तै काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप