शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेडरुमदेखि बाथरुमसम्मः २३ तस्बिरमा हेर्नुहोस् बिग बसको आलिशान घर

शुक्रबार, १६ असोज २०७७, १५ : ०९
शुक्रबार, १६ असोज २०७७

चर्चित रियालिटी शो बिग बस १४ शनिबारदेखि प्रसारण हुँदैछ । कार्यक्रमका लागि मानिसहरुमा निकै उत्साह छ । यसपटक कार्यक्रममा निकै परिवर्तन भएको छ । नियमदेखि डेमोरेशनसम्म, सबैकुरा भिन्न छन् । बिग बसको घरका भित्री तस्बिर पहिले पनि सार्वजनिक नभएका होइनन् तर अब जुन तस्बिर बाहिरिएका छन्, ती निकै शानदार छन् । सिसाको महल र सप्तरंगी दुनियाँभन्दा कम छैन बिग बस १४ को यो आलिशान घर । हेर्नुहोस् तस्बिरः

बिग बस १४ को घरको सुन्दर कोठा, सजावट र भित्ताको डिजाइनिङमा ओमंग कुमारको हात छ । उनले यसमा मोडर्न, टेक्नोलोजी र भविष्यको डिजाइनलाई ध्यानमा राख्दै घरको साज सज्जा गरेका छन् ।

बिग बस १४ को घरमा चम्किलो, मेटालिक सजावटले यसलाई अफबिट लुक दिएको छ । घर भित्र सबै प्रकारको सुख–सुविधालाई ध्यानमा राखिएको छ । यहाँ प्रतिस्पर्धीका लागि थिएटर, स्पा, डाइनिङ एरियादेखि सपिङ मलसम्म छन् ।

घरको डिजाइनबारे कुरा गर्दै आर्ट डायरेक्टर ओमंग कुमारले भने, ‘साढे दुई महिना अघि म र प्रोडक्सन डिजाइनर वनिता ओमंग कुमारले यसको डिजाइनबारे सोच्न सुरु गरेका थियौं । हामीले घरलाई भविष्यमा हुने घरको ढाँचा र अहिलेको महामारीको परिस्थितीलाई थिमको रुपमा राख्ने सोच्यौं ।’

‘हामीले यहाँ ती सबै सुविधालाई पनि राख्ने निर्णय गर्यौं जसलाई मानिसहरुले लकडाउनमा मिस गरे । त्यसैले यहाँ मल, स्पा, थिएटर सबै छन् । घरमा फंकी ब्राइट रङ र मेटालिक ह्यूजको कम्बिनेशन छ ।’

‘घरको ढोकामा ठूल्ठूला कुकुर घरको सुरक्षामा राखिएका छन् । घरको अटोमेटिक इन्ट्रान्स आँखाजस्तै छ । घरमा कतै पनि सिधा लाइन छैनन, जताततै घुमाउरो लाइन छन् ।’

‘घरको हरेक स्थान युनिक छन् र हाम्रो थीमलाई उत्कृष्ट तरिकाले दर्साउँछ । घरमा भएको केही न केही सामानले केही कहानी बताउँछ । यसका साथै टास्क पूरा गर्न पनि त्यसले मद्दत गर्छ ।’

बिग बस १४ को इन्ट्रान्स आँखाको आकारमा बनेको छ जुन हाउसमेट्सलाई एउटा नयाँ संसारमा प्रवेश गराउँछ ।

यो बसको शक्तिको प्रतिक हो र यसले यो पनि बताउँछ कि जब प्रतिस्पर्धी घरमा लक हुन्छन् उनीहरुको हरेक व्यवहारमा बिग बसको नजर रहन्छ ।

दुई ठूला मेटालिक कुकुरको डिजाइन निकै उत्कृष्ट छ ।

x

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप