शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४९ वर्षमा पनि ग्ल्यामरस र फेसनेवल छिन् तब्बु

शुक्रबार, १६ असोज २०७७, १६ : २४
शुक्रबार, १६ असोज २०७७

एजेन्सी । दुई कुराले बलिउड अभिनेत्री तब्बुको प्रशंशा हुन्छ– जोडदार अभिनय अनि फेसनेवल लुक्स । तब्बुका फ्यानहरु उनको फरक फेसन सेन्सका पनि पारखी हुन् । अवार्ड कार्यक्रमदेखि अन्य समारोहहरुमा पनि तब्बुका स्टाइलिश र फेसनेवल लुक्सले धेरैको ध्यान आकर्षित गर्छ । 

४९ वर्षकी तब्बु परम्परागत कपडादेखि वेस्टर्न आउटफिटमा पनि उत्तिकै आकर्षक लाग्छिन् । त्यस्तै, उनी आफ्नो छालाको विशेष स्याहार गर्छिन् ।  माथिको तस्विरमा तब्बुले लाइट कलरको सर्ट ड्रेस लगाएको देखिन्छ, अफ सोल्डर सर्ट ड्रेसमा उनी निकै सुन्दर देखिन्छिन् । उनी लाइट मेकअप लगाउन रुचाउँछिन् । लाइट लिपिस्टिक र सिमरी आईस्याडो उनलाई सुहाउँछ । तपाई पनि यस्तै लुक्स बनाउन सक्नुहुन्छ । 

तब्बु सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना फेसनेबल फोटो र भिडियो शेयर गर्छिन् । सन् १९८५ मा देवानन्दको हम नौजवान नामक फिल्ममा बालकलाकारको भूमिका निभाउँदै बलिउड तब्बुले बलिउड यात्रा थालेकी थिइन् । मुख्य भूमिकामा उनले अभिनय गरेको पहिलो फिल्म १९९१ मा प्रदर्शित कुली नम्बर वान हो । 

बीबी नम्बर वान, हम साथ साथ हैं, विरासत, चाँदनी बार, मकबुल, द नेमसेक, चिनी कम, दृश्यम्, अन्धाधुनलगायत उनका हिट चलचित्र हुन् । उनले दुई राष्ट्रिय फिल्म अवार्डस्,  ६ वटा फिल्मफेयर अवार्ड र किर्तिमानी रुपमा चारपटक फिल्मफेयर उत्कृष्ट अभिनेत्री (क्रिटिक्स) अवार्ड जितेकी छिन् । २०११ मा भारत सरकारले उनलाई पद्म श्री अवार्डबाट विभूषित गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप