शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको २ दशकः स्मार्ट बैंकिङ्गमा अग्रणी, २०–२० अफरहरु संचालनमा

शुक्रबार, १६ असोज २०७७, २१ : २४
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २०औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवाप्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकिङ्गमा आफूलाई अग्रणी रुपमा उभ्याउन सफल भएको बैंकले जनाएको छ । 

ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकालदेखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ । 

बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्यूआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । 

बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहकहरुले स्मार्ट वेवसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । माछापुच्छ्रेले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०–२० (ट्वेन्टी–ट्वेन्टी)अफरहरु संचालनमा ल्याएको छ ।

बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउण्टर पनि संचालनमा ल्याउने भएको छ । त्यस्तैगरी, बैंकले आफ्नो वार्षिकोत्सवको पूर्वसन्धयामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६०औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ । 

स्थापनाको २१वर्षमा आइपुग्दा बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सनसमेत गरी जम्मा२९८ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप