शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिनेकर्मी पुष्कर भट्ट क्यानाडामा लङ्ग म्यान्स किया मोटरको ब्राण्ड एम्बेसडर नियुक्त

शुक्रबार, १६ असोज २०७७, २२ : २६
शुक्रबार, १६ असोज २०७७

क्यानाडा । विश्वका महंगा कार कम्पनी मध्ये एक किया कार कम्पनीले क्यानाडामा रहेका नेपाली सिनेकर्मी पुष्कर भट्टलाई आफ्नो लङ्ग म्यान्स किया (Longmans.kia) कारको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । 

क्यानाडास्थित टोरोन्टोमा पत्रकार सम्मेलन गर्दै कियाले भट्टलाई ब्राण्ड एम्बेसडरको रुपमा सार्वजनिक गरेको हो । सिनेकलाकार पुष्कर भट्ट बिकट ठाउँमा जन्मिएर अहिले अन्तर्राष्ट्रिय रूपमा आफू र नेपाललाई चिनाउन सफल भएका छ्न ।

लङ्ग म्यान्स कियाबाट अन्तर्राष्ट्रिय रुपमै सम्मानित हुँदै उक्त कार कम्पनीको ब्राण्ड एम्बेसडर जस्तो जिम्मेवारी पाउने उनी पहिलो नेपाली हुन् । किया मोटरको ट्र्ेड निमन्त्रणामा अतिथिको रूपमा पुगेका भट्टलाई सिनेकर्मी भन्ने थाहा पाएपछि लङ्ग म्यान्स कियाका सस्थापक इमानल स्ट्यजु (Emmanouel Stergiou)ले भट्टलाई आफ्नो लङ्ग म्यान्स कियाको ब्राण्ड एम्बेसडरमा अवसर प्रदान गरेका हुन ।

बिगत ५ बर्ष देखि क्यानाडा बस्दै आएका भट्टले  सयौं नेपाली चलचित्रमा अभिनेताको रूपमा भुमिका निर्वाह गरि सकेका छ्न । अब क्यानाडामा लङ्ग म्यान्स किया मोटरको प्रचार प्रसार (टेलिभिजन, प्रिन्ट मिडिया, अनलाइन मिडिया) मा उनी देखिने छ्न ।

उनले  ब्राण्ड एम्बेसडर भएर लङ्ग म्यान्स कियाको प्रचारप्रसार गरेबापत महंगो रुपैयाँ लिन सफल भएको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय रूपमा पहिलो पल्ट किया मोटर कम्पनीले ब्राण्ड एम्बेसडरमा नियुक्ती गर्नु भट्ट पहिलो हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप