नेकपा प्रदेश ५ संसदीय दलको बैठक : प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने निर्णय
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले रातोपाटीलाई बताए ।
उनले आज सवै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र अन्नतः सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए । उनले पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न ह्वप पनि लगाएको बताए ।
प्रदेशको स्थायी राजधानी दाङ कि बुटवल भन्ने विषय पेचिलो भइरहेको अवस्थामा प्रदेशसभामा अचानक प्रस्ताव भएपछि नेकपाकै सांसदले त्यसको विरोध गरेका छन् । आजको बैठकमा रुपन्देहीका केही सासदहरुले बुटवल नै ठिक भएकाले दाङमा तोक्नु गतल भएको बताए पनि अन्नतः पार्टी निर्णय मान्नुपर्ने अवस्था आएको एक सासदले बताए ।
सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावका बारेमा थप प्रष्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको सचेतक ढकालले बताए ।
प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
