शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फर्जी चेक दिएर करोडौँको नदीजन्य पदार्थको ढुवानी

आइतबार, १८ असोज २०७७, १० : २८
आइतबार, १८ असोज २०७७

रौतहट । साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले फर्जी चेक दिएर करोडौँ रुपैयाँको नदीजन्य पदार्थ ढुवानी गरेका छन् । ठेकदार साहले फतुवा विजयपुर नगरपालिकालाई नसाटिने एक करोड रुपैयाँको चेकदिएर लालबकैया नदीबाट करोडौँ मुल्य बराबरको ढुंङ्गा, गिटी तथा बालुवा ढुवानी गरेका हुन् ।

लालबकैया नदीबाट नदीजन्य पदार्थ उठाउन फतुवा बिजयपुर नगरपालिकाले गरेको टेण्डरमासाहले सबैभन्दा बढी एक करोड ११ लाख रुपैयाँमा सकारेका थिए ।

टेण्डर सकार गर्नासाथ ठेकदार साहले दैनिक दर्जनौँ ट्रयाक्टर र टिपरमा राखेर ढुंङ्गा, गिटी, मिक्सग्रेभल र बालुवा ढुवानी सुरु गरेका थिए । पटक पटक रकमको माग गर्दा ठेकदारसाहले फतुवा विजयपुर नगरपालिकाको नाममा एक करोड रुपैयाँको चेक दिएको मेयर गोपाल प्रसाद यादवले बताएका छन् । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले उक्त चेक जम्मा गराउन पटक–पटक बैङ्कमा पठाए पनि खातामा रकम नै नभएको कारण चेक हुन नसकेको मेयर यादवले जानकारी दिएका छन ।

बर्षैभरी नदीजन्य पदार्थ ढुवानी गराएका ठेकदार साहले रकम भुक्तानी दिन विभिन्न बहाना बनाइरहेको छन् । उनीमाथ उजुरी र मुद्दा दर्ता  गर्ने तयारीमा रहेको मेयर गोपाल प्रसाद यादवले जानकारी दिएका छन् ।

साह निर्माण सेवाका संचालक नागेन्द्र साहले फतुवा विजयपुर नगरपालिकाले जिल्ला समन्वय समितिबाट समयमा ठेक्कापटा न दिएको कारण आफुले गुजरा नगरक्षेत्रबाट मात्र नदीजन्य पदार्थ उठाएको बताएका छन । ‘नगरपालिकाको कमजोरीमा मैले किन रकम दिने ? अदालतबाट मुद्धा लडेर जे परिणाम हुन्छ सोही अनुसार अघि बढ्ने ठेकदार साहले प्रतिकृया दिए ।

नेकपा नगरकमिटि फतुवा बिजयपुरका अध्यक्ष अजय तिम्मलसिनाले नगरपालिकाको टेण्डरको रकम उठन नसक्नुमा ठेकदार र मेयरको मिलोमतो आरोप लगाएका छन ।

कार्तिक देखी जेष्ठ मसान्त सम्म ठेकदार नागेन्द्र साहले लालबकैयाबाट नदीजन्य पदार्थ ढुवानी गराउँदा कहिल्यै रोक्का नगर्ने र आर्थिक वर्ष समाप्त भएपछि मात्र चेक अनादर मुद्दाको कुरो गरेर मेयर गोपाल यादव र ठेकदार नागेन्द्र साहले जनताको आँखामा छारो हाल्न खाजेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप