मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तन्त्रमन्त्र र भविष्यवाणीसहित सुरु भयो बिग बसः पहिलो दिन नै चार प्रतिस्पर्धी ‘आउट’

आइतबार, १८ असोज २०७७, १२ : ३६
आइतबार, १८ असोज २०७७

बिग बस १४ को सुरुवात अत्यधिक ड्रामासहित भयो । ग्रान्ड प्रिमियरको दिन नै धेरै कुरा देख्न पाइयो । केही भविष्यवाणी भए त घरलाई पवित्र बनाउका लागि मन्त्र जपसमेत गरियो । यसबाहेक पहिलो दिनमा नै प्रतियोगीलाई टास्क दिइयो । उक्त टास्कमा कोही सफल भए त कोही विफल । आउनुहोस्, पहिलो दिन के के भए थाहा पाऔं ।

१. भविष्यवाणी र राधे मांः

बिग बसको पहिलो दिन कार्यक्रममा ज्योतिषी पंडित जनार्दन आए । उनले प्रतियोगी निक्की तिम्बोली र सलमान खानको भविष्यवाणी गरिदिए ।

उनले निक्की निकै मायालु देखिएपनि असाध्यै चलाख भएको बताए । यस्तै ज्योतिषीले सलमान खानले भविष्यमा विवाह नगर्ने पनि बताइदिए । ज्योतिषीबाहेक राधे मांलाई घरमा प्रवेश गराइयो । तर उनी घरलाई पवित्र बनाउनका लागि आएको बताइन्छ । उनले खेलमा हिस्सा लिने छैनन् ।

२. तुफानी सिनियर्सको टास्कः

बिग बस १४ को प्रिमियरका दिन सिद्धार्थ शुक्ला, हिना खान र गौहर खानको समूह देख्न पाइयो । यो समूहलाई ‘तूफानी सिनियर्स’ को नाम दिइयो । उनीहरुले बीबीक्यू नामबाट आउने सहभागीलाई टास्क दिए । यो टास्कमा रुबिका दिलेक, जान कुमार, निशान्त सिंह मलकान र सार गुरपाल फेल भए । तसर्थ उनीहरुलाई घरबाट आउट गरियो ।

३.निक्की तम्बोलीको फल्र्टः

बिग बसमा यसपटक पुनः क्यूट गर्लको इन्ट्री भयो । पछिल्लो सिजनमा शहनाजपछि यसपटक निक्कीले यो मौका पाइन् । साउथ इन्डियन नायिका निक्की पहिले दिन नै सलमान खानसँग फ्लर्ट गरिरहेको देखिइन् । यद्यपि, शहनाजका प्रशंसकले उनलाई सोसल मिडियामा ट्रोल पनि गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप