बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

घामको एलर्जी, डन्डिफोरको दाग हटाउन बेसार

आइतबार, १८ असोज २०७७, १२ : ५८
आइतबार, १८ असोज २०७७

एजेन्सी – स्वास्थ्यका लागि बेसार निकै फाइदाजनक मानिन्छ । मसलाको रुपमा प्रयोग गर्ने बाहेक बेसारका थुप्रै फाइदाहरु छन् । यसको प्रयोग छालालाई सुन्दर देखाउका लागि पनि गर्न सकिन्छ । 

छालाको लागि फाइदाजनक 
अनुहार र छालामा चमक बढाउन बेसारको प्रयोग गरिन्छ । बेसारमा छालाका लागि फाइदा पुर्याउने थुप्रै गुणहरु पाइन्छ । प्राकृतिक गुणका कारण यसको महत्व निकै धेरै छ । बेसारमा पाइने करक्यूमिनका कारण शरीरका भित्रि अंग सुन्निएमा, छालामा सोरायसिस, एलर्जी, चाँया आदिलाई निको पार्ने काम गर्छ ।  यसका साथै, अक्सीकरण घटाउन पनि अहम योगदान पुर्याउँछ । 

डन्डिफोरको दाग, धब्बा हटाउन 
तनावको प्रतिक्रिया र अक्सिकरण घट्दा शरीरका घाउहरु निकै छिट्टो निको हुन्छ । यसलाई घाउ भएको ठाउँमा लगाउँदा घाउ निको हुन्छ । एक अनुसन्धानका अनुसार बेसारमा ‘अल्ट्राभ्वाइलेट रे’ को असर कम गराउँने क्षमता हुन्छ । यसमा एन्टी अक्सिडेन्ट्सको मात्रा भरपुर हुने भएकाले गर्मीका कारण अनुहारको छालामा आउने विभिन्न समस्याको समाधान गर्न सहयोग पुर्याउँछ । 

यसैगरी, अनुहारमा जलन, डन्डिफोरको दाग आदि भएमा बेसारले निको बनाउन मद्दत गर्छ । जसको छाला संवेदनशील छ तिनीहरुका लागि बेसार फाइदाजनक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप