शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटा यस्तो कार्यक्रम जसले अमेरिकी सरकारमा कोरोनाभाइरसको संक्रमण फैलायो

आइतबार, १८ असोज २०७७, १५ : ४०
आइतबार, १८ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित भएपछि मेरिल्याण्डस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनलाई कोरोना संक्रमण कसरी भयो त्यसबारे सटिक जानकारी नभएपनि अघिल्लो हप्ता ह्वाइट हाउसको रोज गार्डनमा आयोजना भएको एउटा कार्यक्रमको व्यापक चर्चा भइरहेको छ ।

सर्वोच्च अदालतको नामावली सार्वजनिक गर्नका लागि आयोजित उक्त कार्यक्रममा सरिक कम्तीमा सात जना (राष्ट्रपतिसमेत) मा कोरोनाको पुष्टि भएको छ । उक्त कार्यक्रममा केही सहभागीले मात्रै मास्क लगाएका थिए र त्यहाँ सामाजिक दुरीको पालना गरिएको थिएन ।

गत शुक्रबार रिपब्लिकन सिनेटर माइक ली र थोम टिलिस दुबैमा कोरोनाको संक्रमण देखियो । उक्त कार्यक्रममा सहभागी यी दुई दोस्रो पंक्तिमा बसेका थिए । यी दुईबीच तीन सिटको दुरी थियो । ती सिटमा अन्य सिनेटर बसेका थिए ।

राष्ट्रपतिका पूर्व काउन्सिलर केलियाने कोनवेले पनि आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिइन् । उनी फर्स्ट लेडीको ठिक पछाडि बसेकी थिइन् ।

ट्रम्पद्वारा मनोनित एमी कोने ब्यालेटले पढाउने नोट्रे डेमका अध्यक्षमा पनि कोरोनाको संक्रमण देखिएको छ । उनी कोनवेभन्दा तीन सिट पर बसेका थिए – मनोनयमा परेकाहरुको बालबच्चाको ठिक पछाडि ।

यस्तै राष्ट्रपति, फर्स्ट लेडी र वरिष्ठ सल्लाहकार होम हिक्समा पनि गत हप्ता कोरोनाको संक्रमण देखियो ।

ह्वाइट हाउससँग नजिक तर शनिबारको उक्त कार्यक्रममा सरिक नभएकाहरुमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । यसमा रिपब्लिकन नेशनल कमिटी अध्यक्ष रोना म्याकड्यानियल गरेकी छिन् । उनले राष्ट्रपतिलाई गत हप्ताको अन्त्यतिर भेटेकी थिइन् । यस्तै ट्रम्पको अभियान म्यानेजर बिल स्टेपियनमा पनि कोरोनाको संक्रमण देखिएको छ । उनले गत हप्ताको अन्त्यतिर ह्वाइट हाउसमा आयोजित बहसको तयारीका सत्रहरुमा मास्क नलगाइकन भाग लिएका थिए ।

यस्तै न्यूजर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टिमा पनि कोरोना संक्रमण देखिएको छ । उनले ट्रम्पलाई बहसको तयारीमा सहयोग गरेका थिए ।

शनिबार सेनेटर रोन जनसनलाई पनि कोरोना संक्रमण देखियो तर उनले शनिबारको कार्यक्रममा भाग लिएका थिएनन् । ह्वाइट हाउसको प्रेस हेर्ने तीनजना कर्माचरीमा पनि कोरोना संक्रमण देखियो । -सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप