शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीः नेपालले चीनलाई उछिन्यो

आइतबार, १८ असोज २०७७, २० : ०३
आइतबार, १८ असोज २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या  ८६,८२३ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८६ हजार २ सय ५३ पुगेको हो ।

योसँगै नेपालको संक्रमित संख्याले चीनलाई उछिनेको छ ।  चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको कुल संख्या ८६ हजार २ सय ५३ पुगेको छ ।  विश्वभर फैलिनुअघि चीनकै उहानबाट सुरु भएको कोरोना महामारी अहिले त्यहाँ कन्ट्रोल भैसकेको छ । आइतबार चीनमा निकै कम १६ जना नयाँ संक्रमितहरु देखा परेका छन् ।

त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन । सुरुमा चीनमा देखिएको सो महामारी युरोप हुँदै पछिल्लो समयमा अमेरिका, भारत, ब्राजिल फैलिएको छ । नेपालमा पनि निकै तिब्र रुपमा संक्रमितहरुको संख्या बढिरहेको छ । नेपालमा आइतबार  १२ हजार ७८४ जनामा पीसीआर परीक्षण हुँदा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो।  नेपालमा सक्रिय संक्रमित २२ हजार २१९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप