शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यू क्यालेडोनिया फ्रान्सबाट स्वतन्त्र नहुने पक्षमा ५३.२६ प्रतिशत मत

आइतबार, १८ असोज २०७७, २२ : २३
आइतबार, १८ असोज २०७७

एजेन्सी । दक्षिण प्रशान्त क्षेत्रको न्यू क्यालेडोनिया टापूमा भएको जनमतसङ्ग्रहले फ्रान्सबाट स्वतन्त्र नहुने जनादेश दिएको छ । आइतबार भएको मतदानमा न्यू क्यालेडोनियालीहरूले फ्रान्समा रहने पक्षमा ५३.२६ प्रतिशत मत दिएका छन् । मतगणना सकिएको छ । 

करिब १७० वर्षपछि न्यू क्याटलोनियाले फ्रान्सबाट नटुक्रिने पक्षमा करिब दुई वर्ष अघि भएको जनमत सङ्ग्रहमा पनि ५६.७ प्रतिशत मत परेको थियो । तुलनात्मक रूपमा स्वतन्त्रताको पक्षमा दुई वर्ष पहिलेको तुलनामा केही मत बढेपनि टुक्रिने जनादेशलाई भने अस्वीकार गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप