शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्‍यो संयुक्त तयारी

सोमबार, १९ असोज २०७७, ०७ : ०१
सोमबार, १९ असोज २०७७

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ ।

यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरिरहेको छ । वायुसेना र सेनाको संयुक्त युद्ध तयारीमा चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतले सिडिएस सेना र वायुसेनालाई एकसाथ मिलाएर काम गर्ने योजना बुनिरहेका छन् ।

एलएसीमा सेनाको ट्याङ्क पुग्योः

लद्दाख क्षेत्रमा तैनाथ वायुसेनाका एक वरिष्ठ कमान्डरले भारतीय समाचार एजेन्सीसँगको कुराकानीमा वायुसेना हेडक्वार्टरको आदेश अनुसार लद्दाख क्षेत्रमा तैनाथ सेना र अन्य सुरक्षा बललाई जे जति आवश्यकता छ, त्यो पुर्याउनु पर्ने जानकारी दिए । एलएसी नजिकै सेनाका ट्याङ्क पनि युद्धाको तयारीका लागि पुगिसकेका छन् । त्यहाँ वायुसेनाका चिनूक र एमआई–१७ वी ५ एस हेलिकोप्टर तैनाथ गरिएका छन् ।

यसले एलएसीमा लगातार उडान भरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप