बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कंगनाले गरिन् महेश भट्टमाथि हमला, श्रीमती सोनीले दिइन् यस्तो जवाफ

सोमबार, १९ असोज २०७७, ०९ : १५
सोमबार, १९ असोज २०७७

सुशान्त सिंह राजपूतको मृत्युको विषयमा एम्सको रिपोर्ट सार्वजनिक भएको छ जसमा अभिनेताको मृत्यु हत्या नभई आत्महत्या भएको बताइएको छ । यो रिपोर्ट सार्वजनिक भएपछि कंगना रनौतले यसमा आफ्नो प्रतिक्रिया जनाएकी छिन् । कंगनाको ट्वीटमाथि बलिउड निर्देशक तथा निर्माता महेश भट्टकी श्रीमती सोनी राजदानले प्रतिक्रिया दिएकी छिन् । सोनीले ट्वीटमा कंगनाको नाम नलिइकनै पोस्ट लेखेकी छिन् ।

सोनीले ट्वीटमा लेखिन्, ‘कोही व्यक्ति बिहान अचानक उठेर आत्महत्या गर्दैन भनेर जसले भनेको छ नि, त्यो कुरामा म सहमत छु । यस्तो कसैले पनि गर्दैन । यही त पूरा मुद्दा हो । उनीहरु लामो समयसम्म पीडित भएका हुन्छन्, निकै समस्या झेलिसकेका हुन्छन्, त्यसपछि नै त यस्तो कदम उठाउँछन् ।’

सोनीले अर्को एउटा ट्वीट पनि गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘कृपया मानसिक स्वास्थ्यलाई कम नआँकियोस् । यसलाई एउटा रोगको रुपमा बुझ्न जरुरी छ । यसबाट टाढा भाग्ने कोसिस नगर्नुहोस् र उपचार गराउन पनि नलजाउनुहोस् । यस्तो गरेर तपाईं आफ्नो जीवन बचाउन सक्नुहुन्छ ।’

स्मरण रहोस्, एम्सको रिपोर्ट आएपछि कंगनाले आफ्नो आधिकारिक ट्वीटरमा एउटा पोस्ट लेखेकी थिइन्  । ‘जवान र अद्भूत व्यक्तिले अचानक उठेर आफूले आफैंलाई मार्दैनन् । सुशान्तले भनेका थिए कि उनलाई तनावमा पारिएको थियो । उनलाई आफ्नो ज्यानको खतरा थियो । उनले भनेका थिए कि फिल्म माफियाले उनलाई प्रतिबन्ध गरेका थिए । उनी बलात्कारको झुटो आरोपले मानसिक रुपमा निकै प्रभावित भएका थिए ।’

कंगनाले अर्को पोस्टमा लेखिन्, ‘हामीलाई केही प्रश्नको जवाफ चाहिन्छ । सुशान्तले भनेका थिए कि ठूला निर्माण कम्पनीले उनलाई प्रतिबन्ध गरेका थिए । हामीले थाहा पाउनुपर्छ कि उनीहरु को थिए ? अर्को कि मिडियाले उनी बलात्कारी भएको झुटो खबर किन फैलायो ?’

यस्तै कंगनाले अर्को प्रश्न पनि सोधिन्, ‘महेश भट्टले सुशान्तको मनोविश्लेषण किन गरिरहेका थिए ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप