एक हप्तायता हवाई क्षेत्रमा भए यस्ता नयाँ काम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नगारिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्ला दिन केही महत्वपूर्ण कामहरुको भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले पछिल्ला दिनमा उड्डयन तथा हवाई क्षेत्रमा भएका केही महत्वपूर्ण र नविन कामहरुबारे जानकारी दिएका हुन् ।
मन्त्री भट्टराईका अनुसार असोज १५ गते कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत विमानस्थलको बिस्तार र स्तरोन्नती गर्न केन्द्र सरकार र प्रदेश सरकारका बीतमा लागत साझेदारी पत्रमा हस्ताक्षर भएको छ । सो विमानस्थलको बिस्तारको काम अब तत्काल अघि बढ्ने उनले बताएका छन् । त्यस्तै वर्तमान सरकार गठन भएपछि कालोपत्रे भएका बझाङ, डोटी र बैतडी विमानस्थलमा असोज १७ गते परीक्षण उडान सम्पन्न भएको र अब त्यहाँ नियमित उडान सुरु हुने मन्त्री भट्टराईले जानकारी दिएका छन् ।
त्यस्तै प्रदेश १ को राजधानी रहेको बिराटनगर विमानस्थल बिस्तार तथा स्तरोन्नतीका लागि केन्द्र, प्रदेश र बिराटनगर महानगरपालिका बीचमा आज लागत साझेदारी पत्रमा हस्ताक्षर भएको समेत मन्त्री भट्टराईले बताएका छन् । अब यो बिस्तारको काम समेत अघि बढ्ने उनको भनाई छ । उनले बिमानस्थलहरुको बिस्तारको काम तीन तहको लागत साझेदारीबाट शुरु भएको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो संघीयता पारस्पारिक सहयोग र साझेदारीतामा आधारित संघीयता हो । संबिधान र संघीयताको सोही मर्म र भावनाको कार्यन्वयन बिमानस्थलहरुको बिस्तारमा तीन तहको लागत साझेदारीबाट शुरु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तीन बजेका लागि तय
-
सत्ता गठबन्धनमा प्रचण्ड–ओली ‘शक्ति’को होडबाजीमा
-
स्वास्थ्य मन्त्रालयको ३० वटा न्यूनतम साझा कार्यक्रम तयार, २०८० भित्र होला त पूरा ?
-
युक्रेनका राष्ट्रपति जेलिन्स्की फ्रान्स भ्रमणमा
-
सरकार जोगाउन दीर्घलाई लेखराजको फोन : साढे दुई वर्षपछि मुख्यमन्त्रीको प्रस्ताव
-
महिनाको ३० लाख घाटा बेहोर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल