बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा डाँगीको उम्मेद्धारी

मङ्गलबार, २० असोज २०७७, १५ : ११
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा मोहनलाल डाँगीको उम्मेद्वारी परेको छ । थानकोट जेसिजको अध्यक्ष मनोज श्रेष्ठसहितको नेतृत्वको टोलीले थापाथलीस्थित नेपाल जेसिजको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।

जेसिज अभियानमा छोटो समयमै आफ्नो अमूल्य समयलाई योगदान गर्देै युवा नेतृत्वमा अग्रसर युवा मोहनलाल डाँगीले नेपाल जेसिजको वर्ष २०२१ को लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदको लागि उम्मेद्धारी दर्ता गराइएको थानकोट जेसिजका कानुन सल्लाहकार रोसन दानीले बताए ।

थानकोट जेसिजमा वर्ष २०१८ मा शाखा अध्यक्ष हुँदा थानकोट शाखालाई उत्कृष्ट शाखाको रुपमा परिचित गराउँदै २०१९ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा समेत आफ्नो उल्लेखिय भूमिका डाँगीले  निभाइसकेका छन् । 

समाज तथा संघसंगठनका हरेक समस्या र चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ भन्ने मान्यता राख्ने डाँगीले धेरै संघ संगठनमा सफल नेतृत्वदायिीभूमिका खेल्दै आएका छन् । 

उम्मेदवारी दर्ता गराउन पुगेका उनले अब जेसिजलाई राष्ट्र र सरकारसँग जोडेर अगाडि लैजानुपर्ने ती युवाहरुको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप