शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीका कारण फ्रेन्चाईचिज लिग मारमा

मङ्गलबार, २० असोज २०७७, १७ : ०७
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपिएलले दिएको छ । तर कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ । कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दावी गरेका छन् । 

मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्वभर फैलिएको कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सिमित भयो ।

लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुपर्यो । नेपालमा फ्रेन्चाईज लिगको अवधारणासहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ति जारी गरेर अनिश्चित कालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चतकालका लागि स्थिगित गर्नुपर्दा खेलाडी देखी विज्ञापनदाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंक धेरै छ । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नुपर्ने शाहीले बताए ।

नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् । महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै  खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ । त्यसैले आवश्यक मापदण्ड तोकेर कडाईका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप