बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चण्डोलको ‘जोडियाक मार्केटिङ’मा प्रहरी छापा, ३ करोडको म्याद सकिएको सामान बरामद

मङ्गलबार, २० असोज २०७७, १७ : ५३
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित जोडियाक मार्केटिङ टिस्ट्रिब्यूटर्समा प्रहरीले छापा मारेको छ ।  महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले छापा मारेर सो डिस्ट्रीब्यूटर्सबाट करिब ३ करोड मुल्य पर्ने म्याद सकिएको खाद्य सामग्री बरामद गरेको छ । 

म्याद गुज्रेको सामानलाई पुनः नयाँ मिति प्रिन्ट गरेर बजारमा पठाउने डिस्ट्रीब्यूटर्सका सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।  पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोहिया, लेखापाल मुकेश रौनियर र स्टोर किपर अनिल मगर छन् । 

चण्डोल स्थित सो डिस्ट्रीब्यूटर्सबाट प्रहरीले म्याद नाघको बिस्कुट, तेल, बच्चाको लागी प्रयोग हुने डाईपर, टिस्यू पेपर र चकलेट बरामद गरेको छ । म्याद सकिएको खाद्या सामग्रीमा नयाँ मिति प्रिन्ट गर्ने मेशिन पनि फेला परेको एसपी राठौरले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप