बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवन मेडिकल कलेजमा कोरोनाबाट थप २ जनाको मृत्यु

मङ्गलबार, २० असोज २०७७, २२ : २४
मङ्गलबार, २० असोज २०७७

चितवन । चितवनमा आज साँझ थप दुई  कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप