बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘द कपिल शर्मा’ शो बहिष्कार गर्न माग, अर्नब गोस्वामी हुन् कारण

बुधबार, २१ असोज २०७७, ०९ : ५५
बुधबार, २१ असोज २०७७

कपिल शर्मा आफ्नो शो ‘द कपिल शर्मा शो’ को पछिल्लो एपिसोडका कारण ट्रोल भइरहेका छन् । ट्रोलमात्रै होइन, कार्यक्रमलाई बहिष्कार नै गर्नुपर्ने माग उठेको छ । वास्तवमा एपिसोडको एउटा चरणमा ‘बच्चा यादव’ अर्थात् किकू शारदा पत्रकार अर्नब गोस्वामीको नक्कल गरिरहेको देखिएका छन् । जसमा अर्नबका समर्थक र सुहान्त सिंह राजपूतको न्यायको माग गर्नेहरु रिसाएका छन् ।

हालै कपिलको शोमा फिल्म निर्माता अनुभव सिन्हा र नायक मनोज बाजपेयी पुगेका थिए । यो भागमा किकू शारदा र कृष्णा अभिषेकले एउटा प्यारोडी बनाएका थिए जसमा अर्नब गोस्वामीको नक्कल गरिएको थियो । उनले अर्नबले सलमान खानमाथि प्रश्न उठाएपछि भाइरल भएको ‘मलाई ड्रग्स देउ’ को नक्कल गरेका थिए । त्यसपछि सोसल मिडियामा कपिलको शोलाई बहिष्कार गर्ने कुरा निस्किएको छ र ट्वीटरमा #BoycottKapilSharmaShow ट्रेन्ड हुन थालेको छ ।

एक प्रयोगकर्ताले लेखे, ‘लाज लाग्नुपर्ने तिमीलाई कपिल शर्मा र कीकू शारदा । तिमीहरु सबै मिलेर ड्रग्स मामिलालाई लुकाइरहेका छौ, बलिउड माफियालाई लुकाइरहेका छौ ।’

यस्तै अर्का एक प्रयोगकर्ताले भने, ‘म कपिलको मात्रै होइन, कीकू शारदाको पनि प्रशंसक हुँ । लामो समयदेखि हामी यो शो हेरिरहेका छौं । हामीलाई यो शो एकदम प्रिय लाग्थ्यो । सोचेको थिइनँ कि एक दिन तपाईं यस्ता राजनीतिक एजेन्डासहित आउनुहुनेछ ।’

अर्का एक प्रयोगकर्ताले भने, ‘अर्नबको यतिबेला मजाक उडाउनु मूर्खता हो । हामी सबैलाई थाहा छ कि सुशान्तको हत्या भएको हो र कुनै च्यानलले पनि यसलाई समर्थन गरिरहेको छैन । रिपब्लिकबाहेक । रिपब्लिकको मजाक उडाउनु भनेको एसएसआरका प्रशंसकको मजाक उडाउनु हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप