बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेन्डिङमा विपिनको ‘सेल्फी किङ’

बुधबार, २१ असोज २०७७, १३ : ४७
बुधबार, २१ असोज २०७७

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ युट्युवमा रुचाइएको छ । हलमा राम्रो दर्शक पाउन नसकेको फिल्मले युट्युवमा भने भ्युअर्स पाइरहेको छ । 
ओएसएआर नेपालले २ अक्टोबर अर्थात ४ दिन अगाडि  आफ्नो अफिसियल च्यानलबाट सार्वजनिक गरेको फिल्मले अहिलेसम्म १० लाख बढी दर्शक भ्युअर्स पाउँदै युट्युवको २ नम्बर ट्रेन्डिङमा कब्जा गर्न सफल भएको छ । 

फिल्ममा अभिनेता विपिनले एक चर्चित ‘सेल्फी किङ’को उपनामले परिचित टेलिभिजन हास्यकलाकारको भूमिका निर्वाह गरेका छन् । उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

गत बर्षको माघमा प्रदर्शनमा आएको फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । उनको यो निर्देशन डेब्यु फिल्म हो ।

दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सहनिर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप