शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११४ जना जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

बुधबार, २१ असोज २०७७, १७ : ३५
बुधबार, २१ असोज २०७७

काठमाडौँ । ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा भएको छ भने २९ जना न्यायाधीशको पदस्थापना भएको छ । बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक ठूलो संख्यामा सरुवा गरेको हो । 
परिषदले जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनाराण श्रेष्ठलाई तनहुँ सरुवा गरेको छ भने सुनसरी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीलाई गुल्मी पठाएको छ । 

यसैगरी जिल्ला अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक सरुवा भएको छ । परिषद्ले महोत्तरीमा कार्यरत न्यायाधीश विष्णुप्रसाद सुवेदीलाई कपिलवस्तु सरुवा गरेको छ । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्जुन प्रसाद कोइरालालाई जिल्ला अदालत सुनसरी पठाएको छ । यस्तै कपिलवस्तु जिल्ला अदालतका न्यायधीश लोकजङ साहलाई दार्चुला पठाएको छ । 

यस्तै परिषद्ले हालसालै न्यायाधीश नियुक्त भएका २९ जनाको पदस्थापना समेत गरेको छ । २९ जना नै सर्वोच्च अदालतमा कार्यरत थिए । 
हेर्नुहोस् को कहाँ सरुवा भए ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप