बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा भैसी चराउन गएका ७० वर्षीय वृद्ध मृत फेला

बुधबार, २१ असोज २०७७, १९ : ५८
बुधबार, २१ असोज २०७७

काठमाडौँ । रुपन्देहीमा पानीमा डुबेको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । रुपन्देही कोटईमाई गाउँपालिका–२ सक्रौनपकाडीका ७० वर्षीय लाले यादव मृत फेला परेका हुन् । 

भैसी चराउन भनी गएका यादवको शव घर नजिकैको दानव नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिए । 

भैसी चराउन भनी घरबाट निस्केका यादव घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले नदीमा डुबेको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । 

घरबाट ५०० मिटर टाढा नदीमा डुबेका अवस्थामा मृत भेटिएका शव पोष्टमार्टमको लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खत्रीले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप