शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

बुधबार, २१ असोज २०७७, २२ : २१
बुधबार, २१ असोज २०७७

चितवन । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीयको कोरोनाबाट मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको आज अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिए । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप