शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहिबार तपाईंको दिन कस्तो रहला ? यसो भन्छ राशिफल

बिहीबार, २२ असोज २०७७, ०६ : ०९
बिहीबार, २२ असोज २०७७

वि.सं.२०७७ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–षष्ठी,१० घडी ०० पला,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मृगशिरा,३३ घडी ५६ पला,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग–वरियान,४४ घडी १० पला,बेलुकी ११ बजेर ४१ मिनेट उप्रान्त परिध । करण–वणिज,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ०१ मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृष,बिहान ०६ बजेर ५२ मिनेट उप्रान्त मिथुन । 

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ०९ पला । 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउनेछ । बिद्यामा अरुभन्दा पछी परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्न केहि कठिनाईको सामना गर्नुपर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साँघुरा हुनेछन्  । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुने हुँदा अरु प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । प्रेममा एक अर्का विच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथीसँग अविस्वास बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी  गर्दापनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मायाप्रेम तथा पति पत्नी विच केहि विषयमा मनमुटाव बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदी बहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानशिक चिन्ता बड्नेछ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । साझेदार हरुविच मन मिल्ने हुदा नयाँ उद्योगमा लगानी  गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन्  । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा विलाशी बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नीसँग मनमुटाव बढ्न सक्छ । आस्वासन दिनेहरुले फसाउँन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउँने हुनाले कुनैपनि मुद्दा मामिलामा सामेल नहुनु होला ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप