शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा

बिहीबार, २२ असोज २०७७, ०९ : १५
बिहीबार, २२ असोज २०७७

एजेन्सी – भारत र नेपालमा तामाको भाँडाको निकै महत्त्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा राखिएको खानेकुराले शरीरलाई फाइदा समेत गर्छ । 

तामाको भाँडामा पानी राख्ने, पानी खाने, तामाको भाँडामा खाना पकाउने जस्ता कामहरु पनि गरिन्छ । 

तर, तामाको जग वा गिलासमा राखिएको पानी खाँदा भने शरीरलाई निकै फाइदा पुग्छ । बिहान खानी पेटमा तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ । 

तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा कपरको कमी हुँदैन । विभिन्न भाइरसहरुबाट पनि सुरक्षा दिन्छ । तामाको भाँडामा राखिएको पानीले बाथ, पित्त र खोकीको समस्या लाग्दैन ।

आठ घण्टासम्म पानी राख्ने 
आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने गर्नुपर्छ । पानीले तामासँग रासायनिक प्रतिक्रिया गरेर एन्टीब्याक्टेरियल र एन्टी इन्फ्लामेन्टरी प्रोपर्टीज उत्पादन गर्छ । 

पाचन प्रक्रिया
नियमित रुपमा तामाको भाँडामा पानी पिउँदा शरीरभित्रका विषयुक्त तत्त्वहरु बाहिर निस्किन्छ । र पेट सफा हुन्छ । यसका साथै तौल कम गर्न पनि यसले मद्दत गर्छ । यसका साथै पाचन प्रक्रिया समेत मजबुत हुने भएकाले शरीरमा अतिरिक्त बोसो लाग्दैन । 

जिवाणु 
साधारण पानीमा झाडापखाला, पीलिया जस्ता रोग लगाउने जिवाणुहरु हुन्छन् । तर, तामाको भाँडामा राखेको पानीले यस्ता जिवाणुसँग लड्ने गर्छ । एक अध्ययनका अनुसार १६ घण्टामा तामाको भाँडामा राखेको पानीमा भएका जिवाणुहरु मर्छन् । 

सावधान !
तामाको भाँडामा कपर अक्साइडका कारण फोहोर जम्न शुरु हुन्छ । त्यसैले पानी राख्नुअघि तामाको भाँडालाई राम्रोसँग सफा गर्नुपर्छ । फोहोर तामाको भाँडामा राखेको पानीले शरीरलाई बेफाइदा गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप