बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज : पाकिस्तानमा प्रलयकारी महाभूकम्प, ८० हजार बढीको मृत्यु

बिहीबार, २२ असोज २०७७, ०९ : ३६
बिहीबार, २२ असोज २०७७

आज अक्टोबर ८ । सन् २००५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर ५० मिनेट जाँदा पाकिस्तान प्रशासित कास्मिरको राजधानी मुजाफरावाददेखि १३ माइल्स परको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ६ रेक्टरस्केलको प्रलयकारी भूकम्प गयो ।

यस भूकम्पको सबैभन्दा धेरै असर पाकिस्तान प्रशासित कास्मिरमा प¥यो । भूकम्पका कारण भारत प्रशासित कास्मिर, उत्तरी भारत र अफगानिस्तानमा पनि क्षति भयो । पाकिस्तानको पूर्व–पश्चिम फ्रन्टियर प्रान्त तथा कास्मिर उपत्यकाको पश्चिमी र दक्षिणी क्षेत्रमा सर्वाधिक क्षति भएको थियो । मुजाफरावादमा धेरै घरहरु ढले भने पूर्व–पश्चिम फ्रन्टियरको बालाकोट झन्डै ध्वस्त नै भयो । भूकम्पका कारण ८० हजारभन्दा धेरैको ज्यान गयो, जसमध्ये ७० प्रतिशत मुजाफरावादका थिए ।

भूकम्पमा परेर ३० लाखभन्दा धेरै मानिस घरबारविहीन बने । यसको असर लामो समयसम्म रहिरह्यो । २७ अक्टुबरसम्म कास्मिर क्षेत्रमा ४ रेक्टर स्केल वा त्यसभन्दा माथि ९ सय ७८ वटा पराकम्पहरु गएका थिए ।

पाकिस्तानी प्रधानमन्त्री जनरल परवेज मुसरर्फले यस दुखद् घटनालाई ‘देशको परीक्षाको घडी’ भनेका थिए । यस भूकम्पपछि पाकिस्तानलाई ५ अर्ब ४० करोड अमेरिकी डलरभन्दा धेरै अन्तर्राष्ट्रिय सहयोग आएको थियो । छिमेकी अफगानिस्तानमा अखडा बनाएर बसेका सेना हेलिकोप्टरमार्फत तत्कालै उद्धारका लागि आएका थिए । त्यस्तै बेलायत, चीन, भारतलगायत देशले पनि उद्धारकार्यमा सहयोग गरे ।

अन्य घटनाक्रम

सन् १८५६– बेलायत र चीनबीच दोस्रो अफिम युद्ध सुरु ।

सन् १८७१ – अमेरिकाको शिकागो शहरमा दुई दिनसम्म चलेको अगलागिमा परेर ३ सय व्यक्तिको मृत्यु, १७ हजार ४ सय ५० घर जलेर नस्ट ।

सन् १९३२– भारतीय वायुसेनाको स्थापना । तत्कालीन समय ब्रिटिस शासकको सहायक वायु सेनाका रुपमा यसको स्थापना गरिएको थियो ।

सन् १९३६– हिन्दी भाषाका प्रसिद्ध कथाकार तथा उपन्यासकार प्रेमचन्दको निधन ।

सन् १९७३– बेलायतको पहिलो व्यवसाहिक रेडियो स्टेशन एलबीसीको प्रशारण सुरु ।

सन् २००३– प्रसिद्ध हलिउड अभिनेता तथा बडी बिल्डर आर्नोल्ड स्वार्जिनेगर अमेरिकाको क्यालिफोर्निया राज्यको गर्भनरमा निर्वाचित ।

तस्विरहरु : बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप