शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षको दशैँको टीकाको साइत सार्वजनिक, कुन देशमा कहिले लगाउने ?

बिहीबार, २२ असोज २०७७, १५ : ५०
बिहीबार, २२ असोज २०७७

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार साइत सार्वजनिक गरेको हो । 

समितिले नेपालमा कात्तिक १० गते अर्थात अक्टोर २६ का दिन बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ । यस्तै भारतमा अक्टोबर २६ कै दिन बिहान १० बजेर ३५ मिनेटमा टीका लगाउने साइत तय गरिएको छ भने अमेरिकाको न्यूयोर्कमा अक्टोबर २५ को ११ बजेर ५ मिनेटमा टीका लगाउने सायत जुराइएको छ । 

यस्तै टेक्सासमा २५ अक्टोबरको ११ बजेर ५७, मिनेट, मेलबर्न, अस्ट्रेलियामा २६ अक्टोबरको ९ बजेर ९३ मिनेटमा तथा सिड्नीमा ९ बजेर ४३ मिनेटमै टीका लगाउनु पर्ने साइत निकालिएको छ । 
समाजका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले जारी गरेको विज्ञप्तिमा नेपालसहित विभिन्न देशमा कुन समयमा टीका लगाउने भनेर स्थानीय समयसहितको साइतबारे जानकारी दिइएको हो । 

यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरिसकेको छ । पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिर कुन साइतमा टीका लगाउने भन्नेबारे समय किटान गर्ने छैन । 

विज्ञप्ति हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप