शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र साइप्रसबीच संसदीय मैत्री समूह गठनको प्रस्ताव

बिहीबार, २२ असोज २०७७, १६ : ४१
बिहीबार, २२ असोज २०७७

काठमाडौं । नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमासभामुख अग्निप्रसाद सापकोटा र साइप्रस प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिसबीच शुभकामना आदान प्रदान भएको छ । उनीहरुबीच टेलिफोन सम्वादमार्फत बिहीबार शुभकामना आदानप्रदान भएको हो । सो  क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं वर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताए ।

उनले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख समेत गरे । सभामुख सापकोटाले साइप्रसमा १० हजार बढि नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राखेका छन् । 

साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सृजना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सभामुख सापकोटोले विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास समेत व्यक्त गरे ।

सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव समेत राखेका छन् । उनले विश्व समुदाय कोभिड–१९ महाव्याधीको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताए । सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास समेत व्यक्त गरे ।

सम्वादका क्रममा साइप्रस प्रतिनिधिसभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गरे ।

उनले काम र अध्ययनका सिलसिलामा १० हजार बढि नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिकपत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अध्यक्ष सिलौरिसले संसदीय मैत्री समूह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप