शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ नेपालद्वारा  ग्यालेक्सी जेट फोल्ड-२ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला

बिहीबार, २२ असोज २०७७, १९ : ५८
बिहीबार, २२ असोज २०७७

काठमाडौं । सामसङ नेपालद्वारा  ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोनको प्रि–बुकिङ खुल्ला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, सामसङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको कम्पनीले जनाएको छ । उक्त थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याइएको हो । 

अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ, जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।

“सामसङ सदैब सिर्जनशीलताको दायरा बढाउन विश्वास गर्दछ । हामीले ग्यालेक्सी जेट फोल्ड २ सँगै ग्राहकहरुलाई  अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्यतर्फ अझ सशक्त एक कदम अगाडि बढेका छौं । हामी हार्डवेयर तथा  ग्राहकहरुको अनुभवलाई परिष्कृत गर्दै मोबाइल डिभाइसको सम्भावनाको नयाँ युगको सुरुवात गर्दछौ ।” सामसङ मोबाइल नेपालका बिजिनेश हेड प्रणयरत्न स्थापितले भने ।

 “सामसङ ग्यालेक्सी जेट फोल्ड २ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामी सामसङ प्रेमीहरुको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसङ ग्यालेक्सी जेट फोल्ड २ को लागि उहाँहरुको प्रतिक्षाको घडी अब सकिएको छ” स्थापितले थप स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप