अन्ततः युएईमै अस्ताए इस्तखार, शव नेपाल पठाइदिन परिवारको अपिल
युएई । करिब २ महिना देखि दुबईको रसिद अस्पतालको कोमामा उपचार गराइ रहेका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइको मृत्यु भएको छ। लामो समय देखि दुबईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराइ रहेका मियाँको मृत्यु भएको हो।
वैदेशिक रोजगारीका लागि यूएई आएका ठकुराइले विगत २ महिनादेखि दुवईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराई राखेका थिए।कोमामा भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गर्दै आएका ठकुराइलाई पछिल्लो समय मस्तिष्कमा पनि समस्या देखिएको थियो।
विदेशमा धेरै पैसा कमाइ परिवारको भविष्य सजाउने योजना बुन्दै गरेका ठकुराइ विगत ५ वर्षदेखि दुवईको सतुवामा रहेको एक टेलरिङ कम्पनीमा काम गर्थे।न्युन आर्थिक अवस्था रहेको ठकुराइ परिवारको मुख्य आम्दानीको स्रोत वैदेशिक रोजगारीमा रहेका इस्तखार नै थिए ।तर उनको मृत्युसँगै परिवार विचल्लीमा परेका छन्।
उनको कमाईबाट दैनिक जीवनयापन गर्दै आएका परिवारमा श्रीमती,३ छोरी, १ छोरा र बुढी आमा रहेका छन् ।तर कमाउने मुख्य मान्छे नै नभएपछि परिवार अहिले विचल्लीमा परेको हो।लामो समयसम्म अस्पतालको शैयामा आफ्नो बुवा मृत्युसँग लड्दै गर्दा छोरी गुलाप्साले सहयोगको अपेक्षा गरेकी थिइन्। तर दुर्भाग्य गत हप्ता उनको उपचारको क्रममा दुबईको रसिद अस्पतालमा मृत्यु भयो।
छोरी गुलाप्साले आफ्नो बुवाको शव नेपाल पठाइदिन अनुरोध गरेकी छिन्। उनले भनिन्, सास नपाए पनि बुवाको लाश मात्रै भएपनि एक चोटि अनुहार हेर्ने परिवारको धोको छ।
उनले नेपाली दूतावास युएईलाई समेत सहयोग गरिदिन अनुरोध गरेकी छिन् । यता कम्पनीले ठकुराइको शव नेपाल पठाउने तयारी गरिरहेको जनाएको छ।कम्पनीका अनुसार छिट्टै कानुनी प्रक्रिया पुरा गरी शव नेपाल पठाउन लागेको बताएको हो।
वीरगञ्जको घण्टाघर नजिकै एक म्यानपावर एजेन्सीबाट ५ वर्ष अघि ठकुराइ युएई आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’