बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिबियामा सात भारतीय अपहृत

शुक्रबार, २३ असोज २०७७, ०७ : २२
शुक्रबार, २३ असोज २०७७

लिबियामा सात भारतीयलाई अपहरण गरिएको छ । उनीहरु आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा हुन् । ती सबै मानिसहरु त्यहाँ निर्माण र तेल आपूर्ती गर्ने कम्पनीमा काम गर्दथे ।

लिबियामा उनीहरुको अपहरण अश्वेरिफ नामको स्थानमा १४ सेप्टेम्बरमा गरिएको थियो । उनीहरु भारत जानका लागि फ्लाइट समाप्त त्रिपोली विमानस्थल जाँदै थियो र बाटोमा नै उनीहरुको अपहरण भएको बीबीसी हिन्दीले बताएको छ ।

सन् २०१५ सेप्टेम्बरमा भारत सरकारले एक निर्देशिका जारी गरेर सुरक्षा स्थितीलाई मद्देनजर गर्दै भारतीय नागरिकलाई लिबिया नजान सल्लाह दिएको थियो । त्यसपछि सन् २०१६ मे मा सरकारले स्थिती बिग्रिएको देखेर लिबिया जान पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध अहिले पनि जारी छ ।

विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘ट्युनिशियामा रहेको हाम्रो दूतावास जुन भारतीय नागरिकका लागि काम गर्छ, उसले यसका लागि लगातार काम गरिरहेको छ । दूतावासले लिबियाको सरकारसँग पनि कुरा गरेको छ । यसबाहेक विभिन्न अन्तरराष्ट्रिय संस्था जुन त्यहाँ सक्रिय छन्, हामीले उनीहरुसँग पनि मद्दत लिइरहेका छौं ता कि यी भारतीयलाई सकुशल फिर्ता ल्याउन सकियोस् ।’

‘सरकार यी सात मानिसहरुको परिवारको सम्पर्कमा छ र हामी उनीहरुलाई विश्वास दिलाउन चाहन्छौं कि उनीहरुलाई सकुशल फिर्ता ल्याउनका लागि हर–सम्भव प्रयास गरिरहेका छौं ।’

‘लिबियाली अधिकारी र त्यहाँ जो मानिसहरु काम गरिरहेका थिए, उनीहरुको मद्दतले हामी चाँडोभन्दा चाँडो नागरिकबारे पत्ता लगाउनेछौं र उनीहरुलाई अपहरणकर्ताको पासोबाट निकाल्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप