शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन मिति सारियो

शुक्रबार, २३ असोज २०७७, १२ : २१
शुक्रबार, २३ असोज २०७७

काठमाडौं – नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आलेमगरको निर्देशन रहने फिल्म ‘हिँड्दा हिँड्दै’को छायाँकन पछि सरेको छ । 

गत ५ गते राजधानीमा एककार्यक्रम गर्दै शुभमुहुर्त भएको फिल्मको छायाँकन असोजको दोस्रोसाताबाट सुरु हुने बताइएको थियो । तर, तेस्रोसाता बित्न लाग्दा पनि फिल्मको छायाँकन सुरु हुन सकेको छैन । 

कलाकारको सेडुलको जाजोपाजो नमिल्दा फिल्मको छायाँकन सुरु हुन नसकेको निर्माता सुशिल पंगेनीले बताए । ‘निर्माण टिम फिल्म छायाँकनका लागि तयार छ । तर सलोन बस्नेतलगायत केही कलाकारको समय मिलेको छैन । मिल्ने बितिकै छायाँकन सुरु हुन्छ’ उनले भने ‘अहिलेलाई फिल्मको छायाँकन सारिएको छ ।’ फिल्मको छायाँकन कहिलेबाट सुरु हुने अहिले नै टुङ्गो नलागेको पंगेनीले सुनाए ।

प्रेमकथामा बन्न लागेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाका साथमा नवनायिका रेखा शाहको मुख्य भुमिकाका लागि छनौट भएका छन् ।
दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता र सुशील पंगेनी प्रस्तुतकर्ता रहेको फिल्मको स्क्रिप्ट पनि पंगेनीले नै लेखेका हुन् ।

काठमाडौ उपत्यका र तराइमा खिचिने फिल्ममा देव महर्जनको द्धन्द्ध, कविराज गहतराजको नृत्य र सुमनकुमार तण्डुकारको छायाँकन रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप