बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘डलरको लोभ’ देखाएर लुट्नासाथ मोटरसाईकल खरिद, गाउँमा भोज गरेर फर्केपछि पक्राउ

शुक्रबार, २३ असोज २०७७, १२ : २१
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्काले अरु दुईजनासँग मिलेर भक्तपुरस्थित दिव्यश्वरी टाउन प्लानिङमा एकजना व्यापारी लुटे । ‘सस्तो डलर’ साटेर ‘लाखौं कमाउने’ सपना देखापछि बलाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकी असोज २० मा दिब्यश्वरी टाउन प्लानिङमा गएका थिए ।

लुटेरा समूहले बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर ४ लाख लुटेर भागे । सिन्धुपाल्चोक बाह्रबिसेका ३१ वर्षीय धनबहादुर भण्डारीलाई प्रहरीले तत्काल पक्रियो । तर, सो समूहका नाइके बाह्रबिसे–२ का कमल खड्काले लुटेको पैसा लिएर भागेका थिए । 

बिहीबार महानगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखाको टोलीले सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र अगाडीबाट कमललाई पक्रियो । उनी लु६४ प ३४०१ नम्बरको ‘टु–ट्वान्टी’ पल्सरमा सवार थिए । प्रहरी अनुसन्धानबाट थाहा भयो, उनले ब्यापारी लुटेको भोलिपल्ट बौद्धस्थित बजाजको सोरुमबाट नयाँ मोटरसाइकल निकालेका रहेछन् ।

‘३ लाख २७ हजारमा मोटरसाइकल निकालेको खुलेको छ’ महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले भने–‘सो मोटरसाईकल लिएर सिुन्धपाल्चोक पुगेर फर्केको अवस्थामा हाम्रो टोलीले उनलाई सानोठिमीबाट पक्रेको हो ।’ 

मोटराईकल किनेपछि कमल बाह्रबिसे गए । त्यहाँ उनले गाउँका साथीभाई र बुढापाकालाई भोज खुवाए । बिहीबार साँझ उनले भक्तपुरमा साथीभाईलाई भोज खुवाउने बचन दिएका थिए । तर, सो बचन पुरा भएन् ।

असोज १३ मा कमलबिनायक बसपार्कमा रमेश बराइलीबाट लुटेको ५ लाखमध्ये कमलले २ लाख लिएर भागेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनको साथबाट प्रहरीले २० हजार नगद बरामद गरेको छ ।

दिव्यश्वरीमा ब्यापारी लुटमा संलग्न सञ्चबहादुर योञ्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ । पेशालेट्याक्सी चलाउने सञ्चबहादुरले लुटेरा समूहलाई अमेरिकी डलर उपलब्ध गराउँथे । लुटमा संलग्न यज्ञ बहादुर भण्डारी फरार छन् ।

पैसा भएकालाई झुक्याउन लुटेराले बीचमा कागजको बिटो राख्थे, तलमाथी सक्कली डलर राखेर बिटो बनाउँथे । त्यसअघि स्याम्पलको रुपमा सक्कली डलर देखाएर उनिहरुले पैसा भएकालाई ‘फिसिङ’ गर्थे ।

प्रहरीले डलर लुटमा संलग्न राकेश भण्डारीलाई पनि पक्रेको छ । बाह्रबिसे नगरपालिका–४ घर भएका ब्यासी बस्ने राकेश असोज ८ मा बालकोट स्थित रोज भिलेज अगाडीको लुटपाटमा संलग्न रहेर फरार थिए ।

रोज भिलेज अगाडी गोरखाका सुदर्शन थापाबाट राकेशको समूहले ५ लाख लुटेका थिए । साउन यता डलर साट्ने नाममा लुट आतङ्क मच्चाउने १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुर र वृत ठिमीले पक्राउ गरेको छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर लुटेरा सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप