शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडवाडमा भयावह बन्नसक्छ कोरोना, दिल्लीमा दैनिक १५ हजार संक्रमित हुने आङ्कलन

शुक्रबार, २३ असोज २०७७, १३ : ०५
शुक्रबार, २३ असोज २०७७

एजेन्सी । भारतको नेशनल कन्ट्रोल फर डिजिज कन्ट्रोल (एनसिडिसी) ले सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार राजधानी दिल्लीमा चाडवाडकोे समय प्रतिदिन १५ हजार संक्रमित देखिन सक्छन् । त्यसका दिल्ली तयार रहनुपर्ने एनसिडिसीले जनाएको छ । यस रिपोर्टमा तीन मुख्य कुरा उल्लेख छ, जसले दिल्लीको स्वास्थ सेवाहरुमा दबाब बढाउन सक्छ ।

पहिलो बुँदा, जाडोमा स्वासप्रश्वाससँग सम्बन्धित रोगले धेरै च्याप्छ । दोस्रो, दिल्लीमा बाहिरबाट आउने संक्रमितको संख्या ठूलो हुनसक्छ । तेस्रो, बाहिरबाट आएका ती संक्रमितको अवस्था धेरै गम्भिर हुनेछ, जसकारण दिल्लीवासीहरु पनि मुस्किलमा पर्नेछन् । 

यस रिपोर्टलाई एनसिडिसीका नीति आयोगका सदस्य डाक्टर विके पलको अगुवाईमा रहेको समूह मार्गदर्शनले तयार गरेको हो । रिपोर्टअनुसार २० प्रतिशत संक्रमितहरुलाई अस्पताल भर्ती गर्नका लागि दिल्ली सरकार तयारी अवस्थामा बस्नुपर्छ । 

त्यस्तै, एनसिडिसीले राजधानी दिल्लीमा कोरोनाका बिरामीहरुको मृत्युदर १ दशमलव ९ प्रतिशत रहेको जनाएको हो । भारतमा औसत १ दशमलव ५ प्रतिशत मानिस कोरोनाबाट मरिरहेका छन् । कोरोना नियन्त्रणका लागि मृत्युदरलाई कम गर्नुपर्ने आवश्यकता रहेको पनि एनसिडिसीले जनाएको छ । यो रिपोर्ट दिल्ली सरकारलाई बुझाइएको छ । 

रिपोर्टअनुसार चाडवाडकोे समयमा मानिसहरुको भीडले समस्या बढाउनेछ । दिल्लीमा अहिलेसम्म २३ सय २४ जना स्वास्थकर्मी कोरोना संक्रमित भइसकेका छन् । यसमा २३ प्रतिशत डाक्टर, ३४ प्रतिशत नर्स, १५ प्रतिशत पारा मेडिकल स्टाफ, १८ प्रतिशत चतुर्थ श्रेणी र १० प्रतिशत अन्य कर्मचारी समावेश छन् । दिल्लीमा अहिलेसम्म १४ डाक्टरसहित ७५ स्वास्थकर्मीको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप