
लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण भएको छ । रुघा लागेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट (द्रुत स्वाब परीक्षण) मा उनलाई कोरोना पोजिटिभ देखिएको स्वकीय सचिव पवन कुँवरले रातोपाटीलाई बताए ।
उनले भने, ‘हो मन्त्रीज्युमा आज दिउँसो कोरोना पुष्टी भएको छ, अब हामी सचिवालयमा सबैको परीक्षण तयारीमा छौ।’ उनले मन्त्री केसीलाई २ दिनअघि देखि रुघा लागेको र बिहान पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए । उनी अहिले मन्त्रालयकै निवासस्थित आइसोलेसनमा बसेका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ