बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन ग्लोबल ज्ञानसीप सम्मेलन आजदेखि शुरु

शुक्रबार, २३ असोज २०७७, १५ : २४
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । गैह्र आवासिय नेपाली संघ (एनआरएनए) को तीन दिने ज्ञानसीप सम्मेलन आज (शुक्रबार)बाट सुरु भएको छ ।  कोभिड १९ संक्रमणको जोखिमका कारण भर्चुअल माध्यमबाट सुरु भएको ‘दोस्रो एनआरएन ग्लोबल नलेज कन्भेन्शन’ आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ । देशको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपाल भित्र्याउने उद्देश्यसहित एनआरएनएले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विश्वभरका एनआरएनहरुको सहभागिता रहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्ले संसारभर छरिएर रहेका एनआरएनहरुको ज्ञान र सीपलाई नेपालमा भित्र्याउन आग्रह गरे । विदेशमा रहनुभएका एनआरएनहरुसँग विभन्न क्षेत्रमा लगानी गर्ने क्षमता रहेकाले लगानीसँगै ज्ञान र सीपलाई समेत नेपाल भित्र्याउन आग्रह गरेका हुन् ।

पछिल्लो समय कोभिडको महामारीका कारण अर्थतन्त्रमा चुनौती रहेकोले पनि देशको आर्थिक विकासका लागि सबै गैह्रआवासीय नेपालीको साथ आवश्यक रहेको उनले बताए । नेपालको सहरी विकास, यातायात, रेल्वे, जलविद्युत, कृषि लगायतका क्षेत्रमा लगानी गर्न समेत मन्त्री नेम्वाङले आग्रह गरे । बैदेशिक लगानीका लागि सरकारले कानून निर्माण गरिसकेकाले लगानी भित्र्याउन योगदान गर्नपनि आग्रह गरे ।

कार्यक्रममा सहभागि भएका गैह्रआवासीय नेपालीहरुले सम्मेलनमार्फत विज्ञहरुको ज्ञान, सीप र अनुभवलाई नेपालको उद्यम सिर्जना र नीति निर्माण जस्तो काममा लगाउन सहयोग पुग्ने बताएका छन् । खासगरी सम्मेलन सूचना प्रविधि, उर्जा, कृषि, यातायात, खाद्य तथा वातावरण लगायत स्वदेशी सरोकारका विषयमा केन्द्रीत हुने पनि उनीहरुले बताएका छन् ।

देशबाहिर रहेका नेपालीहरु विभिन्न क्षेत्रको विशेषज्ञको रुपमा विश्वस्तरका परियोजना र कम्पनीहरुमा काम गरिरहेको भएपनि तीनको पहिचान हुन नसक्दा नेपालमा ती सीप र ज्ञान भित्रिन नसकेकाले त्यसको उजागर गर्ने उद्देश्य समेत सम्मेलनले राखेको छ । सम्मेलन आज देखि आइतबार सम्म चल्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप