शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुग्यो

शुक्रबार, २३ असोज २०७७, १६ : ४४
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो । पछिल्ला दिन संक्रमणबाट निधन हुनेहरुको मृत्युलर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप