शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईप्रका गजुरीका डिएसपी खड्कालाई जिम्मेवारीबाट हटाइयो

शुक्रबार, २३ असोज २०७७, २० : ४७
शुक्रबार, २३ असोज २०७७

काठमाडौं । धादिङ स्थित ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी  नायव उपरिक्षक (डिएसपी) विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । 

उनलाई प्रहरी प्रधान कार्यालय स्थित शसस्त्र प्रहरी गण नम्बर–१ मा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले खड्कालाई बदली गरेर गजुरीको इन्चार्जमा डिएसपी युवराज खड्कालाई काज सरुवा गरेको छ । 

विश्वराज खड्कालाई नदिजन्य अवैध निकासीलाई प्रश्रय दिएको र गुण्डा नाइके राधे भण्डारीसँग मिलेर काम गरेको आरोप लागेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधीलाई धाक–धम्कि दिएको अभियोगमा गुण्डा नाइके भण्डारीलाई धादिङ प्रहरीले बिहिबार पक्रेको थियो । 

त्यस्तै, प्रहरी उपरिक्षक (एसपी) कृष्णहरी शर्मालाई महानगरीय प्रहरी पहरा गण सामाखुसीमा सरुवा गरिएको छ । पहरा गणमा कार्यरत शुरेन्द्र मैनाली युएन मिशनमा छनोट भएकाले उनको ठाउँमा शर्मालाई काज सरुवा गरिएको प्रहरी महानिरिक्षकको सचिवालयले जनाएको छ । 

एसपी शर्मा ‘कमजोर कमाण्ड’ भएका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । यसअघि दाङ र बाग्लुङबाट उनी छोटो समयमा तानिएका थिए । त्यस्तै, प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर अनमोल खड्कालाई ईलाका प्रहरी कार्यालय रंगेली बिराटनगरमा काज सरुवा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप