बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
आमा र यमदूतहरु— ६

हिन्दु कर्मकाण्डको छत्रछायामा परिवारमा जात विभाजन

कपाल खौरेर सानो भइन्छ ? लगौँटी लाएर के बिग्रन्छ ? बाह्र दिन नून नखाँदा हिरिक्क प्राण जान्छ ?
शनिबार, २४ असोज २०७७, ०३ : ५५
शनिबार, २४ असोज २०७७

एघार

हिन्दु कर्मकाण्डको छत्रछायामा हाम्रो परिवार चार जातमा विभाजित भयो । पुरोहित बाजे दाइहरूले पकाएको समेत पनि नखाने उच्च तहका शुद्ध ब्राह्मण भए । टुप्पीयुक्त चिन्डे टाउका लिएर आमाको काजक्रिया गर्न एउटै कोठामा कैद भएका दाइहरू मध्यम तहका ब्राह्मण अर्थात बाजेका दृष्टिमा क्षेत्री सरह भए । दाइहरूलाई पानी नचल्ने दिदी–बहिनीहरू मैले छोएको खान नमिल्ने बैश्य भए । र, कपाल खौरेर, लगौँटी भिरेर, टुप्पी हल्लाउँदै, पुरोहित बाजेका गोडामा ढोग्दै कोरामा बस्न इन्कार गर्ने म शूद्र भएँ । पुरोहित बाजेका दृष्टिमा दाइहरू अछूत, दाइहरूका दृष्टिमा दिदी–बहिनीहरू अछूत, र यी तीनै थरीका दृष्टिमा म अछूत ।

मेरो एक्लो विरोध वास्तवमा यही तहगत जातिवाद, लिङ्गभेद र छुवाछूत विरोधी भावनाबाट जन्मिएको थियो । र, मेरो एक्लो विद्रोह मान्छे–मान्छेबीचका उचनीच र घृणाका पर्खालहरू खडा गर्ने मानवद्वेषी धार्मिक रुढिविरुद्ध लक्षित थियो ।

बाह्र

यसरी जातिच्युत भएँ, र अछूत भएँ म । क्रियापुत्री बस्नेहरूलाई यसो केही सघाउ–पगाउ गरुँ भने मेरो जातले गर्न मिल्ने काम केही छैन । मैले पानी ल्याइदिन मिल्दैन, त्यो विटुलिन्छ । मैले खाना पकाइदिन मिल्दैन, भातको जात जान्छ । म जोक्कर फाल्टु र पूर्ण बेरोजगार भएँ । फुर्सदको बेला मनको नीरस र निरर्थक रिक्ततामा केही सरस र सार्थक तत्व भर्नुपर्ला भनेर मैले केही पुस्तक झोलामा हालेको थिएँ । गोर्कीको आत्मकथाका तीन ठेली झोलामा थिए र थिए पारिजातका आत्म–संस्मरणका पुस्तकहरू । झोलामा भूपीको “घुम्ने मेचमाथि अन्धो मान्छे” पनि थियो । विमल विभाको “आगोनेर उभिएको मानिस” पनि झोलामा थियो क्यार । र, केही उपन्यासहरू पनि थिए । तर वातावरण मनलाई एकाग्र हुन दिने खालको कहाँ थियो र ? तिनमा सबैभन्दा बाधक तत्व पुरोहित बाजेको मलाई हेर्ने आक्रामक दृष्टि नै थियो ।

यसरी जातिच्युत भएँ, र अछूत भएँ म । क्रियापुत्री बस्नेहरूलाई यसो केही सघाउ–पगाउ गरुँ भने मेरो जातले गर्न मिल्ने काम केही छैन । मैले पानी ल्याइदिन मिल्दैन, त्यो विटुलिन्छ । मैले खाना पकाइदिन मिल्दैन, भातको जात जान्छ । म जोक्कर फाल्टु र पूर्ण बेरोजगार भएँ । फुर्सदको बेला मनको नीरस र निरर्थक रिक्ततामा केही सरस र सार्थक तत्व भर्नुपर्ला भनेर मैले केही पुस्तक झोलामा हालेको थिएँ । तर वातावरण मनलाई एकाग्र हुन दिने खालको कहाँ थियो र ? तिनमा सबैभन्दा बाधक तत्व पुरोहित बाजेको मलाई हेर्ने आक्रामक दृष्टि नै थियो । 

होचो काठे भर्‍याङ उक्लिएपछि पुगिने बरन्डाको पहिलो कोठामा मेरो बास थियो । बाजे विहान ६ बजेतिर आइपुग्थे । उनी मलाई यसरी पुलुक्क हेर्थे मानौँ त्यहाँ कुनै मानवरूपी अछूतले होइन, कुनै दुर्गन्धी चीजले बास गरेको छ । बाजेसँग मेरो मतभिन्नता थियो, तर ममा उनीप्रति द्वेष र दुर्भावना एकरत्ती थिएन । उनी पुख्र्यौली उत्तरदानका रूपमा पाएको जातीय व्यवसाय गरिरहेका थिए, अथवा भनूँ अनिश्चित दररेट भएको आतेपाते गरिरहेका थिए । उनको आस्था र विश्वास जे थियो, त्यो आफ्नो सनातन वृत्तिलाई जोगाउने बाध्यताबाट प्रेरित थियो, र त्यो वातावरण र शिक्षा–दीक्षाको प्रभावको परिणति थियो । त्यसैले पुरोहित बाजेको मनोवृत्ति र उनको बाध्यताप्रति ममा सम्मानभाव नभए पनि सहानुभूति त अवश्य नै थियो ।

“नमस्कार, गुरु ।” बाजेसँग आँखा जध्नासाथ म जुम्लाहात गर्थेँ ।

बाजे तिरस्कारयुक्त दृष्टिले मलाई हेरेर हुत्तिँदै अगाडि लम्किन्थे, मानौँ शान्त भावले मेरो अभिवादनको प्रत्युत्तर दिँदा अथवा मसँग वचन आदान–प्रदान गर्दा उनको विशुद्ध जात विटुलिन्छ । पुरेत्याइँको संहिताका दृष्टिले त उनले म अछूतसँग बोल्नै हुँदैनथ्यो । तर मेरो कपाल खुइल्याउने चेष्टा गर्दा उनले संहिता उल्लङ्घन गरिसकेका थिए ।

पुरोहित बाजे घरीघरी झर्‍याङबाट उक्लिन्छन्, घरीघरी भर्‍याङबाट ओर्लिन्छन् । यस आइ–जाइको प्रत्येक क्रममा उनका र मेरा आँखाको साक्षात्कार हुन्छ । उनी प्रत्येक पटक नजरका तिरस्कारयुक्त तीरले मलाई प्रहार गरेरै जान्छन् । झुल्के घामदेखि नै छाला डामिने र आत्मा उकुसमुकुस हुने गर्मी हुन थाल्छ । त्यसैले हावाका तरङ्गहरू तातै भए पनि अगाडिको ढोका र पछाडिको झ्यालबाट ओहोर–दोहोर गरिरहून् भनेर म ढोका खुलै राख्छु ।

बाजे वायुमण्डल थर्किने गरी चप्पल पड्काउँदै हिँड्छन् ।

“नमस्कार, गुरु !” विर्तामोड पुगेको भोलिपल्ट विहान बाजेको आगमन भएको देखेर मैले अभिवादन अर्पण गरेँ । प्रत्युत्तरमा बाजे मूक मुद्रामा तिरस्कारले मलाई डसेर क्रियापुत्रीको कोठातिर लम्किए । अहिलेसम्म मैले आत्मरक्षात्मक कार्यनीति अख्तियार गरेको थिएँ । बाजेको चरम् उपेक्षाभाव देखेर मैले परिस्थिति र आफ्नो स्थितिको समीक्षा गर्दै तर्क गरेँ— अब भने मैले कार्यनीति परिवर्तन गर्नुपर्छ । मैले कि त मोर्चामा डटेर प्रत्याक्रमण गर्नुपर्छ कि मोर्चाबाट पलायन गर्नुपर्छ ।

बाजेकै शैलीमा चप्पल पड्काउँदै पल्लो कोठाको ढोकाबाहिर पुगेर हात जोड्दै, थोरै निहुरिएर तेजस्वी स्वरमा मैले अभिवादन गरेँ, “नमस्कार, गुरु ।”

मेरो स्वरको रन्कोले होला शायद, बाजे हडबडाए । उनले दाइहरूलाई पुलक्क हेरे । अनि निस्तेज स्वरमा प्रत्युत्तर नमस्कार गरे, “नमस्कार, सर !”

के सोचेर हो मलाई थाहा भएन, दाइहरूले व्यङ्ग्य–मिश्रित मुस्कान आदान–प्रदान गर्नुभएको मैले छनक पाएँ । मलाई थाहा थियो, क्रियापुत्री बसेका शुद्ध ब्राह्मणले साना जातका अशुद्ध मानिसहरूसँग बोल्नु हुँदैन । बोले सत् डग्छ, धर्म नाश हुन्छ । क्रियापुत्री ब्राह्मणहरूका पनि महाब्राह्मण गुरुदेवले बोल्नु हुने त झन् कुरै भएन । म अछूत, उनी महाब्राह्मण ।

के सोचेर हो मलाई थाहा भएन, दाइहरूले व्यङ्ग्य–मिश्रित मुस्कान आदान–प्रदान गर्नुभएको मैले छनक पाएँ । मलाई थाहा थियो, क्रियापुत्री बसेका शुद्ध ब्राह्मणले साना जातका अशुद्ध मानिसहरूसँग बोल्नु हुँदैन । बोले सत् डग्छ, धर्म नाश हुन्छ । क्रियापुत्री ब्राह्मणहरूका पनि महाब्राह्मण गुरुदेवले बोल्नु हुने त झन् कुरै भएन । म अछूत, उनी महाब्राह्मण । म धूलीकण, उनी भगवान्का साक्षात् वारिसे । सूर्याेदयको ब्रह्म मुहूर्तमा अछूतसँग उनी बोलिसके ! हे भगवान् ! यो के अनर्थ हुन गयो ?

मोर्चामा खडा हुँदै मैले हेरेँ, पुरोहित बाजे रनभुल्ल छन् । आँखामा चमक छैन, अनुहारको कान्ति अन्तध्र्यान भएको छ । र, नूर गिरेका गुरुका नयन भूमिसात् भएका छन् । बैरी जब आइलाग्छ, ज्यान जोगाएर भाग । बैरी जब भाग्न थाल्छ, कछाड कसेर लखेट । बैरी जब थाक्छ, बेस्मारी गोद । बैचारिक मोर्चाको नीति पनि त आखिर यही हो । अहिले बरा गुरु भाग्दै छन्, म लखेट्दै छु ।

 घर कता पर्‍यो गुरु ? जहान–परिवार कति छन् ? पुरेत्याइँ कर्ममा प्रवृत्त हुने पे्ररणा कहाँबाट प्राप्त भयो ? आतेपाते धन्दामा संलग्न भएको कति दसक भयो ? गरुड पुराणको धन्दाबाट बर्षमा कति हात लाग्छ ? म गुरुजीमाथि प्रश्नको ओइरो लगाउन थालेँ । गुरुको मुख अँध्यारो छ । अनुहारमा मानौँ घृणाको कालो बादल लागेको छ । बोली असहज छ, घरीघरी जिब्रो लर्वरिन्छ । लौ, गुरुका कन्चटमा त चिटचिट पसिना पो आइसके !

शूद्रको अपवित्र मुखबाट प्रकट भएका प्रश्नहरूको घेराउमा परेका पवित्र गुरुले तत्काललाई मोर्चा त्याग गर्ने नीति अवलम्वन गरे । उनी जुरुक्क उठे । बाहिर निस्केर चप्पल लाउँदा–लाउँँदै उनले जनै कानमा सिउरिए । अनि चप्पल पड्काउँदै लघु वा दीर्घशङ्का गर्न चर्पीतिर क्विक मार्च गरे । अलिबेरमा आँगनको पल्लोछेउको पानीको पम्प जोड–जोडले चलाएको आवाज आयो । कोठाभित्रसम्म सुनिने गरी मुख कुल्ला गर्दै गुरुले विस्फोटक काइदाले पानी भुइँमा पछारे । यस प्रकार शूद्रसँग बोल्नाले अशुद्ध भएको गुरुको मुखशुद्धिसँगै आत्मशुद्धि कार्य पनि विधिवत् रूपले सम्पन्न भयो ।

बरा दुखिया गुरुजी ! मैले मनमनै भने । अनि दाइहरूलाई सोधेँ, “दाइ, म त अछूतको दर्जामा छु । छूतमध्येका महाछूत गुरुसँग मैले बोल्नु हुन्नथ्यो होला, कि कसो ?”

ठूल्दाइले सहज मुद्रामा भन्नुभयो, “उहिलेका कुरा गर्ने हो भने, केटा, तेरो कुरो ठीक हो । गुरुसँग त के तैँँले दिदी–बहिनीसँग पनि बोल्नु नहुने हो । तैँले बोलिहाले पनि हामी क्रियापुत्रीले जवाफ फर्काउन नमिल्ने हो । गुरुको त झन् कुरै भएन । तर, हेर् केटा, उहिलेका कुरा खुइलिए । जमानाले पल्टा खायो ।”

ठूल्दाइले सहज मुद्रामा भन्नुभयो, “उहिलेका कुरा गर्ने हो भने, केटा, तेरो कुरो ठीक हो । गुरुसँग त के तैँँले दिदी–बहिनीसँग पनि बोल्नु नहुने हो । तैँले बोलिहाले पनि हामी क्रियापुत्रीले जवाफ फर्काउन नमिल्ने हो । गुरुको त झन् कुरै भएन । तर, हेर् केटा, उहिलेका कुरा खुइलिए । जमानाले पल्टा खायो ।”

“नबोलुँ, बोल्न खोज्ने एकाघरका सँग कसरी नबोलुँ । बोलुँ, आफ्नो जात र धर्म भुस हुने भो । विचरा गुरुजीलाई हत्ते भयो ।”

साँल्दाइ स्वभावले अलि झोँक्की हुनुहुन्छ । पाउ पुजेका गुरुदेवबारे भन्न थाल्नुभयो, “चलिआ’को चलन चटक्कै छाड्न नसकेर पो । यस्ता पदुवा गुरुको धन्दा दछिना र टपरी न हो ।”

गुरुको पुनरागमन भयो । गम्छाले मुख पुछ्दै आएका गुरुका कानमा जनै अड्किरहेकै थियो ।

मोर्चा बाजेलाई एकलौटी छाडिदिएर बाजेकै शैलीमा चप्पल पड्काउँदै म आफनो कोठातिर लागेँ ।

तेह्र

घरमा भान्सा चारवटा छन्, चार जातका चारैवटा भान्सा । अति शुद्ध पुरोहित बाजेको अति शुद्ध तहको भान्सा छ । मझौला तहका शुद्ध क्रियापुत्री दाइहरुको दोश्रो भान्सा छ । त्यसभन्दा कम शुद्ध तहका दिदी–बहिनीको तेस्रो भान्सा छ । घरभित्रको काम सघाउन आउने जुठोले नछोएका सोल्टिनीहरूको चौथो भान्सा छ । म कुन भान्सामा सहभागी बन्ने हो ? हिन्दू वर्णाश्रममार्गी धार्मिक संहिताको ध्वजामुनि जटिल प्रश्न उठ्यो । प्रथम दुई भान्साको सहभागी बन्ने हैसियत त मेरो छँदै थिएन किनभने जातको तह विभाजनमा म तल पातालमा शूद्रको दर्जामा परेको थिएँ । मेरो हकदावी केही थिएन, न त मेरो रुचि र रोजाइ नै केही थियो । मेरो एक मात्र चिन्ता थियो— मेरो उपस्थिति कसैका लागि भार नबनोस् । यो ‘कसै’भित्र आतेपातेमार्गी गुरुदेव पनि परेका थिए ।

घरमा भान्सा चारवटा छन्, चार जातका चारैवटा भान्सा । अति शुद्ध पुरोहित बाजेको अति शुद्ध तहको भान्सा छ । मझौला तहका शुद्ध क्रियापुत्री दाइहरुको दोश्रो भान्सा छ । त्यसभन्दा कम शुद्ध तहका दिदी–बहिनीको तेस्रो भान्सा छ । घरभित्रको काम सघाउन आउने जुठोले नछोएका सोल्टिनीहरूको चौथो भान्सा छ । म कुन भान्सामा सहभागी बन्ने हो ? हिन्दू वर्णाश्रममार्गी धार्मिक संहिताको ध्वजामुनि जटिल प्रश्न उठ्यो ।

मलाई दिदी–बहिनीको भान्सामा सहभागी बनाइयो । नून–खुर्सानीबाट बञ्चित उसिनेका आलु अथवा खल्लो घिउ–भात अथवा फलाहार । भोजनका विविधता यति नै थिए । म बस्ने र दिदी–बहिनी बस्ने गुन्द्रीका बीचमा स्पष्ट लछुमन–रेखा कोरिएको थियो । त्यो रेखा नाघ्नु मेरा लागि निषिद्ध थियो । एउटै आमाका कोखबाट जन्मिएका, एउटै आमाको काखमा बसेर एउटै आमाको दुध चुसेर बाँचीबर्ती हुर्किएका हामीलाई धर्म नाउँको क्रुर पाखण्डले तीन चिरा पारेर फुटाइदिएको थियो । त्यो फाटोलाई अकण्टक राख्न भगवान्का हल्दाररुपी पुरोहित बाजे गुप्त भेषमा हाजिर थिए ।

लछुमन–रेखाको उल्लङ्घन हुन बेर लागेन । सहज र स्वाभाविक मानवीय प्रवृत्तिलाई असहज र अस्वाभिक विभाजन–रेखा वारिपारिका साँगुरा वृत्तभित्र कति दिन कैद गर्न सकिन्थ्यो र ? कैदखानाका पर्खालहरू तोडिए । यताका गुन्द्रीको विटले पत्तै नपाई उताका गुन्दीको विट छोइसकेछ । हामी दुवै गुन्द्रीवासी— वैश्य र शूद्र— अब एउटै गुन्द्रीमा एकै गोलोमा एकाकार भयौँ ।

त्यो दिदी–बहिनीको गोप्य निर्णय हो शायद । टुप्पीधारी चिन्डे टाउकाले सुसज्जित भइ लगौटी र धोतीको भेषमा कोरामा सहभागी नहुने नाथेलाई नूनबाट किन वञ्चित गर्नु ? एउटा प्रस्ताव प्रस्तुत भयो— भाइ, तैँले सोल्टिनीहरूको भान्सामा खाए पनि त भयो । दिदी–बहिनीको कृपापूर्ण प्रस्तावलाई शिरोपर गर्दै तेस्रो दिनदेखि म सोल्टिनीहरूको लवणयुक्त भान्सामा सहभागी भएँ । बारनाको अभिप्रायले मैले आफूलाई नूनदेखि बाहिर राखेको थिइनँ । जे दिन्छन्, त्यो खान्छु भन्ने मात्र मेरो अभिप्राय थियो । म शूद्रलाई अब भने लवणलाभ भइदियो, र मेरो भोजन बल्ल सुस्वादु र सुखद् भयो ।

चौध

एक कानबाट दुई कान हुँदै प्रसार भएको समाचार मधेसको मैदानभरि व्याप्त हुन पुग्यो । फलानाका छोरा फलानाले सनातन हिन्दु विधिअनुसार आमाको काजक्रिया गर्न इन्कार गर्‍यो । त्यो मातृद्रोही हो ! त्यो म्लेच्छ हो ! त्यो पतीत हो । त्यो पापी हो ! कृतघ्न कर्मचाण्डाल हो त्यो ! त्यो नराधम हो ! त्यो विवेकहीन पशु हो ! पुरोहित बाजेका बफादार सेनामेना रुढिगत संस्कारको आदेशमा बाजेको मोर्चामा एकत्रित हुन थाले । म आक्रामक एवं क्रूर कटाक्ष तथा घृणापूर्ण भाषणको घेरामा पारिएँ । आक्रमणको मोर्चामा पहिले बूढो पुस्ताका बढीवा, बडीआमा, मामा, सानीमा आदि प्रस्तुत भए ।

एक कानबाट दुई कान हुँदै प्रसार भएको समाचार मधेसको मैदानभरि व्याप्त हुन पुग्यो । फलानाका छोरा फलानाले सनातन हिन्दु विधिअनुसार आमाको काजक्रिया गर्न इन्कार गर्‍यो । त्यो मातृद्रोही हो ! त्यो म्लेच्छ हो ! त्यो पतीत हो । त्यो पापी हो ! कृतघ्न कर्मचाण्डाल हो त्यो ! त्यो नराधम हो ! त्यो विवेकहीन पशु हो ! पुरोहित बाजेका बफादार सेनामेना रुढिगत संस्कारको आदेशमा बाजेको मोर्चामा एकत्रित हुन थाले । म आक्रामक एवं क्रूर कटाक्ष तथा घृणापूर्ण भाषणको घेरामा पारिएँ ।

मान–मर्यादा एवं प्रतिष्ठायुक्त फलाना जिजुबाजेका सन्तानले यस्तो अनर्थ व्यवहार गर्ने ? हेर हग्नेलाई भन्दा देख्नेलाई लाज लागेको ? कुलको गहनो भनेर हामी भने बखान गर्दैँ हिँड्ने, आफू भने कुलका नाकमा गुहु लाइदिने ? जन्म दिने आमालाई जानीजानी नर्कको बाटोतिर घचेट्ने कपुत ! गरी बिराउने एउटा पापी, भनाइ खाने कुलका सकल बन्धु–बान्धवहरू ! कपाल खौरेर सानो भइन्छ ? लगौँटी लाएर के विग्रन्छ ? बाह्र दिन नून नखाँदा हिरिक्क प्राण जान्छ ? पुजेका पुरोहितका गोडामा ढोगिदिँदा निधार झर्छ ? आद–दस रात राडीमा सुत्दा छाला खुइलिन्छ ? आमाको माया छोरामाथि, छोराको माया अधर्ममाथि । यस्तो भएपछि लोकका अगाडि हामीले कसरी नाक–मुख देखाउनु ? बरु तँ आउँदै नआएको भए हुन्थ्यो । वित्थामा काठमाडौंदेखि हाम्फाल्दै आउने अनि जोरीपारीका अगाडि हेरिनसक्नु जात्रा देखाउने ?

म जब यसरी पुरोहित बाजेका सेनाको घेरामा पर्थेँ, बाजे ढोकाबाहिर उतातिर छेलिएर उभिँदै गर्व र सन्तोषकासाथ आक्रमणको अवलोकन गर्थे । जब उनका र मेरा आँखा जुध्थे, उनी चप्पल पड्काउँदै त्यहाँबाट हुत्तिन्थे । आफ्नो लडाकू गणलाई हौस्याएर मोर्चातर्फ मार्च गराउनमा बाजेको के कति भूमिका थियो, त्यो त मलाई थाहा छैन । मेरो आशङ्का भन्छ— यसमा गुरुदेवको भूमिका उल्लेखनीय हुनुपर्छ । किनभने जीवनमा पहिलो पटक उनको रुढिगत आस्थामाथि धावा बोलिएको थियो । अन्धविश्वास र कुसंस्कारमा आश्रित उनको पेट पाल्ने व्यवसायमाथि नीलो आकाशबाट हठात् बज्र चड्किन आइलागेको थियो । म जगत्द्वारा दण्डवत् गरिन लायकको देवदूत हुँ भन्ने उनको अभिमानमा मर्मान्तक ठेस लागेको थियो । जगत्लाई पाउमा ढोगाएर आतेपाते गरिखाने उनको धन्दामा खतराको घण्टी बजेको थियो ।

पुरोहित बाजेका रुढि, रहस्य र हठको परम्परामा दीक्षित लडाकुहरूसँग सुरुमा त मैले पनि तर्क–विर्तक गर्न खोजेँ । तर मेरो भन्नु कसैलाई सुन्नु थिएन, सबैलाई आफ्नो भन्नु मलाई सुनाउनुमात्र थियो । त्यसैले  मैले मौन व्रत धारण गरेँ ।  र, गुरुजीका सेनामेनाको एकोहोरो, अधीर र चरम् असहिष्णु निन्दा मैले  चुपचाप सुनेँ । आखिरमा मैले यति मात्र भनेँ, “यो मेरो विश्वास हो । प्रजातन्त्रमा सबैलाई आफ्नो विश्वासमा चल्न छूट भए मलाई मात्र किन नहुनु ?” तर मेरो त्यो कथन शून्य आकाशलाई लक्ष्य गरी प्रक्षेपण गरिएको निशानारहित तसर्थ निष्प्रभावी कथन सावित भयो ।

पुरोहित बाजेका रुढि, रहस्य र हठको परम्परामा दीक्षित लडाकुहरूसँग सुरुमा त मैले पनि तर्क–विर्तक गर्न खोजेँ । तर मेरो भन्नु कसैलाई सुन्नु थिएन, सबैलाई आफ्नो भन्नु मलाई सुनाउनुमात्र थियो । त्यसैले  मैले मौन व्रत धारण गरेँ ।  र, गुरुजीका सेनामेनाको एकोहोरो, अधीर र चरम् असहिष्णु निन्दा मैले  चुपचाप सुनेँ ।

तेस्रो दिन अपरान्ह आगाका ज्वाला ओकलिरहेको टिनको छानोमुनि झिल्सिँदै बसिरहेको थिएँ, एक अपरिचित महिला हुर्रिँदै मेरो कोठामा पसिन् । पुष्ट अुहार र सुडौल शरीर देख्दा उनी खानदानी घरानाकी जस्ती लाग्थिन् । भेषभुषाले भने उनी विधवा थिइन् ।

“तिमीले के गरेको यो ?” पदचापसँगै आएको उनको आक्रोशयुक्त गर्जनले मेरा कानका कोमल जालीमा कठोर प्रहार गर्‍यो ।

उनको “तिमी” तहको सम्बोधन सुनेर म बिलखबन्द परेँ । स्मृतिका पत्रहरू पल्टाएर सम्झिन खोजेँ, मेरो स्मृतिको सन्चित भण्डारमा अङ्कित पात्रहरूको गोलोमा त्यो अनुहार कहीँ कतै गोचर भएन ।

“आफू नाङ्गै भएर दुनियाँलाई हँसाउने ?” उनको दोश्रो प्रहारको तोड ममाथि यसरी बज्रियो ।

“तपाई को हुनुहुन्छ ?” विनम्र भावले मैले उनको परिचय मागेँ ।

“म जोसुकै हुँ तिमीलाई के मतलब ?” उनको त्रूmद्ध कण्ठबाट अग्निवर्षा भयो । “जात र कुजात छुट्याउन नजान्नेलाई आफ्नो र बिरानोको केको खोजीनीति ? हेर जुल्फी ! आमा मर्‍या बेलाँ पनि जुल्फी लर्का’र बस्न हेर लाज नलाग्या !”

उमेरले पचास नाघेकी हुँदी हुन्, तर शारीरिक अवस्थाले उनी पैँतालीस भन्न सुहाउने थिइन् ।

“दिदीको भन्नु सिद्धिएन ?”

“भन्नु–सुन्नु होइन, मलाई त कपाल भुत्ल्या’र चरीनाङ्गै पारिदिन मन लाग्या छ ।” यति भनेर उनी फन्किँदै बाहिर गइन् । ढोका उतातिर छेलिनासाथ उनी फेरि फर्केर आइन् ।

“जुन कोखबाट जन्म्यो उही कोखलाई लात्तले हान्ने ?” उनी क्रूद्ध सिँहिनीझैँ गर्जिइन् । “हेर जुल्फी हल्ला’को ! पाप र पुण्यको छ्यान–विवेक छैन । आफू भने खूब पढे–लेख्या मान्छे रे । यस्तै हुन्छ पढे–लेख्या मान्छे ?” मलाई घुरेर दागा धरेर खुट्टा बजार्दै उनी भर्‍याङबाट ओर्लिइन् ।

“जुन कोखबाट जन्म्यो उही कोखलाई लात्तले हान्ने ?” उनी क्रूद्ध सिँहिनीझैँ गर्जिइन् । “हेर जुल्फी हल्ला’को ! पाप र पुण्यको छ्यान–विवेक छैन । आफू भने खूब पढे–लेख्या मान्छे रे । यस्तै हुन्छ पढे–लेख्या मान्छे ?” मलाई घुरेर दागा धरेर खुट्टा बजार्दै उनी भर्‍याङबाट ओर्लिइन् ।

पुरोहित बाजेको मोर्चा सुगठित र सुदृढ हुँदै गयो, मेरो मोर्चाको धरातल हल्लियो । मेरो मोर्चालाई काँध थाप्ने पाको पुस्ताका सदस्यहरू हुँदै नभएका होइनन् । अलिबेर अघि एकजना सत्तरी–पचहत्तर बर्षका बूढा आएका थिए । गम्म जीउडाल, दुई ओठका कापमा टलक्क टल्किने हाम्री आमाका जस्ता नक्कली दाँत । मधेसका मुखिया भन्न सहाउने बूढा बडो खाइलाग्दा थिए । उनी हाम्रो मावलीपट्टिका टाढाका नातेदार रहेछन् । वेदान्ती विद्यामा प्रवृत्त, शास्त्रार्थको कलामा ठूलो सीप आर्जन गरेका र भाँती पारेर तर्क गर्न निकै निपुण ती बूढाले मेरो आचरणको समर्थन गरे ।

“गाँठी कुरो आत्मज्ञान हो, बाबु ।” नक्कली दाँतभित्रबाट उनले भने, “यो बाहिरी आडम्बर केही होइन । अज्ञानीहरू कराउँछन्, कराऊन् ।”

बूढाको आड पाएर मैले गम खाएँ— मोर्चामा लडाकूविहिन सेनापति त म पनि होइन रहेछु । तर शक्ति सन्तुलनको हिसाबले मेरो सैन्यबल कमजोर छ, फाट्टफुट्ट सिला खोज्नुपर्छ । आवेग, जोस र आक्रमकताको दृष्टिले त मेरो सैन्यबल एकदमै सुस्त र शुष्क छ । वास्तवमा मोर्चामा छाती थापेर भिड्न अग्रसर नहुने सैन्यबलको गणना गर्नु नै व्यर्थ छ !


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप