शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलरले पायो सबैभन्दा धेरै भ्यू, रेकर्ड राख्यो

आइतबार, २५ असोज २०७७, ०९ : १०
आइतबार, २५ असोज २०७७

अक्षय कुमार र कियारा आडवाणी अभिनित लक्ष्मी बमको ट्रेलर सार्वजनिक भइसकेको  छ । यो हरर कमेडीमा एक तेस्रोलिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयको भूमिकालाई वशमा पारेको देख्न सकिन्छ । ट्रेलरमा कमेडीका साथै ड्रामा पनि छ जसले मानिसहरुलाई निकै प्रभावित पारेको छ । लक्ष्मी बम भारतमा २४ घण्टाभित्र ७ करोड बढी भ्यूसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भयो ।

लक्ष्मी बमको ट्रेलरमा बलिउडका अन्य व्यक्तित्वले पनि प्रेम बर्साएका छन् । करण जोहर, तापसी पन्नू, भूमि पेडनेकर, कृति सनोन, कृति खरबंदा, सिद्धार्थ मल्होत्रा, वरुण धवन र अन्य थुप्रैले ट्रेलर रुचाएका छन् र सोसल मिडियामा यसबारे निकै चर्चा भइरहेको छ । राघव लरेन्सद्वारा निर्देशित, डिज्नी हटस्टार भीआइपीद्वारा प्रस्तुत, अ केप अफ गुड फिल्म्स, तुषार इन्टरटेन्मेन्ट हाउस र शबिना इन्टरटेन्मेन्टद्वारा यो फिल्म निर्मित छ ।

लक्ष्मी बमको ट्रेलर अक्षय कुमारले पनि आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेका छन् । यसलाई सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘जहाँ हुनुहुन्छ, त्यहिँ बस्नुहोस् र लक्ष्मी बमको ट्रेलर हेर्न तयार हुनुहोस् किनभने लक्ष्मी वर्षन आइरहेकी छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप