बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपासना बनिन् ऐजुकेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

आइतबार, २५ असोज २०७७, ०९ : ३९
आइतबार, २५ असोज २०७७

काठमाडौं – लामो समयदेखि फिल्म निर्माण भएको छैनन् । तर पनि कलाकारहरु भने ब्यस्त नै छन् । उनीहरु बिभिन्न म्युजिक भिडियो, छोटा फिल्मका अलवा बिभिन्न कम्पनीको ब्राण्ड एम्बसडरको रुपमा ब्यस्त हुन थालेका हुन् ।

यस्तैमा अभिनेत्री उपासना सिंह ठकुरी पनि शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी छन् । नेपाली फिल्म र गीतसंगीतमा समेत काम गर्दै आएको यो संस्थासँग उनी ब्राण्ड एम्बेसडरेको रुपमा जोडिएकी हुन् । उपासना यो संस्थाको ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित भएकी हुन् ।

फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी उपासाना ‘कबड्ड’को तेस्रो सिक्वेलमा समत देखिएकी थिइन् । दुबै फिल्मबाट राम्रो चर्चा पाएकी उनलाई अहिले आधा दर्जन फिल्मले अफर दिएका छन् । तर उनले कुन गर्ने कुन नगर्ने भनेर छनौट गर्न बाँकी रहेको छ ।

‘क्याप्टेन’मा अनमोलको जोडी बनेकी उनी कबड्डीको सिक्वेलमा भने दयाहाङको जोडिको रुपमा देखिएकी थिइन् ।

शिक्षा र फिल्म निर्माणमा क्रियासिल संस्थासँग आफु जोडिन पाउदा निकै खुसी लागेको उपासानाले बताएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप