बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘दामी’बाट ‘कोपिला’ रिलिज

आइतबार, २५ असोज २०७७, १२ : ०२
आइतबार, २५ असोज २०७७

काठमाडौं । निर्मला हत्याकान्डको विषयमा निर्माण भएको फिल्म ‘कोपिला’  सार्वजनिक भएको छ । फिल्म ओएसआर डिजिटलले दामी म्युजिक एप मार्फत बाहिर ल्याएको हो । दामी म्युजिक एप मोवाइल थिएटर हो ।
केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म दामी म्युजिकएपमा शुक्रबारबाट दैनिक ४ शो रिलिज हुने गरेको छ ।

ओ.एस.आर डिजिटलसँंगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको  मोबाइल थिएटरमा ४ वटा पर्दा छन्, जसमा हरेक शुक्रवार नयाँ फिल्म रिलिज हुने गरेको छ । 
शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मा गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय देख्न सकिन्छ ।

फिल्ममा निर्मलाको भूमिका संजिवनीले निर्वाह गरेकी छन् । उनको यो डेब्यू फिल्म हो ।
फिल्ममा निर्मला पन्तको हत्यारा पत्तान लागोस् भनेर गरिने राजनीतिक चलखेल र त्यसले निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असर देखाउन खोजिएको निर्देशक शिवम् अधिकारीले बताए । 

रामेश्वर कार्कीको छायाँकन, दीपक शर्माको संगीत रहेको फिल्म समिर मियाँले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप