शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले गरे कोरोनाबाट सुरक्षित भएको दाबी, ट्वीटरले भन्यो, ‘नियमको उल्लंघन’

सोमबार, २६ असोज २०७७, ०६ : ४६
सोमबार, २६ असोज २०७७

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एउटा ट्वीट लुकाएको छ जसमा उनले अब उनी कोरोनाभाइरबाट सुरक्षित भएको दाबी गरेका थिए ।

यस सम्बन्धि गरिएको उनको पोस्टलाई ट्वीटरले भनेको छ, ‘यो पोस्ट कोभिड–१९ सम्बन्धि भ्रामक र सम्भवतः खतरनाक जानकारी दिन्छ त्यसैले यो ट्वीटरको नियमको उल्लंघन हो ।’

‘तसर्थ, मानिसहरुले यसलाई नदेखुन्, यो नै जनहितमा हुनेछ,’  ट्वीटरले भनेको छ ।

यसअघि फक्स न्यूजलाई फोनमा दिएको एक अन्तरवार्तामा ट्रम्पले अब उनलाई कुनै पनि संक्रमण नभएको र उनको स्वास्थ्य दुरुस्त भएकोले काममा फिर्ता हुन सक्ने बताएका थिए ।

ट्रम्पले भनेका थिए, ‘यस्तो लागिरहेको छ कि ममा कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकसित भइसकेको छ । अब म बेसमेन्टबाट निस्कन सक्छु जुन मैले गर्नै लागेको थिएँ । किनभने तपाईंले देश चलाउनु छ भने तपाईं बेसमेन्टबाट निस्कनै पर्छ । र यस्तो लागिरहेको छ कि म इम्यून छु । सायद लामो समयका लागि वा कम समयका लागि । वा जीवनभरीका लागि, अहिले नै यसबारे थाहा हुन सकेको छैन ।’

उनले भने, ‘ह्वाइट हाउसका डाक्टरले भनेका छन् कि यो भाइरल ममार्फत् अरुलाई फैलन सक्दैन ।’

यसअघि राष्ट्रपतिका निजी डाक्टरले राष्ट्रपतिबाट संक्रमणको अब कुनै खतरा नभएको बताएका थिए ।

गत हप्ता कोभिड–१९ का लागि अस्पतालमा उपचारको क्रममा ट्रम्पले आफ्नो उपचारको विषयमा विभिन्न प्रकारको दाबी गरेका थिए । उनले एउटा एन्टीबडी औषधीले यो रोगलाई निको पार्न सक्ने र उनी यसलाई चाँडोभन्दा चाँडो सबै नागरिकका लागि निःशुल्क उपलब्ध गराउने दाबी गरेका थिए । सोमबारदेखि राष्ट्रपति ट्रम्प पुनः चुनाव प्रचार सुरु गर्ने तयारीमा छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप