सोमबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ।उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ।
हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
यसैगरी, दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख भएको छ ।
भने, प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रहने छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर