बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चम्किलो छाला चाहनुहुन्छ ? विशेषज्ञले सुझाएका यी फलफूल सेवन गर्नुहोस्

सोमबार, २६ असोज २०७७, ०९ : ०१
सोमबार, २६ असोज २०७७

छाला रोग विशेषज्ञले चम्किलो छालाका लागि केही उत्कृष्ट फलफूलको सेवन गर्न सुझाउँछन् तर यस पछाडिको कारण के होला ? सबैलाई थाहा भएकै कुरा हो कि फलफूल राम्रो औषधी हो । यदि तपाईंले स्वस्थ आहारविहार गर्नुहुन्नँ भने सौन्दर्य प्रशाधनका कुनै पनि उत्पादनले तपाईंको छालालाई चम्किलो बनाउन सक्दैन । छाला शरीरको महत्वपूर्ण अंग भएकोले तपाईंले यसको अत्यधिक हेरचाह गर्नुपर्दछ ।

 आफ्नो छालालाई स्वस्थ राख्नका लागि हामीमध्ये धेरैले विभिन्न उत्पादनको प्रयोग गर्छौं तर त्यसले छालालाई बाहिरबाट मात्रै सुरक्षा दिएको हुन्छ, तपाईंले स्वस्थ खानपिन गर्नुहुन्नँ भने तपाईंको छाला भित्रैबाट बिग्रने गर्छ । फलफूलमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुने भएकाले यसले छालालाई स्वस्थ राख्नुका साथै तपाईंलाई जवान राख्न मद्दत गर्छ ।

यहाँ यस्ता उत्कृष्ट फलफूलबारे जानकारी दिइएको छ जुन दैनिक रुपमा सेवन गर्दा तपाईंको छाला स्वस्थ र भित्रैदेखि चम्किलो हुन्छ ।

सुन्तलाः

सुन्तलामा भिटामिनन सीको प्रचुर मात्रा पाइने गर्छ । यसमा कोलाजेन पनि हुन्छ जसले छाला चाउरी पर्ने प्रक्रियालाई ढिलो बनाउँछ । धेरैलाई थाहा नहुन पनि सक्छ कि सुन्तलाको बोक्रामा मिटामिनको सीको अत्यधिक मात्रा हुन्छ जुन सौन्दर्य उत्पादनका मुख्य सामग्रीको रुपमा प्रयोग गरिन्छ ।

सुन्तलाले ब्ल्याकहेड्स निकाल्नमा सहयोग गर्छन भने यसको जुसले छालाको टोनमा निखार ल्याउने गर्छ । छालालाई चम्किलो बनाउन चाहनुहुन्छ भने फलफूल र यसको जुस नियमित रुपमा सेवन गर्नुहोस् ।

केराः

केरा आइरन, म्याग्नेसियम, पोटासियम, भिटामिन बी–सिक्स, भिटामिन सी, जिंक र अन्य छालाका लागि आवश्यक तत्वले भरपुर हुन्छ । यसमा एमिनो एसिड पनि हुन्छ जसले छालालाई लचिलो बनाउँछ ।

पोटासियमले छालालाई मुलायम बनाउने काम गर्छ भने जिंकले छालामा हुने ब्याक्टेरियाको संक्रमणबाट जोगाउने गर्छ । केराको बोक्रा छालाको लागि निक राम्रो हो । यसले चाउरीपन र डण्डीफोर हटाउने काम गर्छ ।

अनारः

यो पौष्टिक तत्वले भरिपूर्ण एक फल हो जसका भएको एन्टिअक्सिडेन्टले छालालाई जवान राख्न मद्दत गर्छ । अनार एउटा सुपरफूड हो जसले तन्तुको नवीकरणमा सहयोग गर्छ भने छालालाई चाउरी पर्नबाट जोगाउँछ । अनारमा पोनिफेनोल्स हुने भएकोले यसले रक्त सञ्चार बढाउने काम गर्छ ।

यसले घामको किरणबाट छालालाई  क्षती हुनबाट जोगाउँछ र छालालाई चम्किलो राख्न सहयोग गर्छ । अनारको दानामात्रै होइन, यसको बोक्रा पनि पौष्टिक तत्वले भरिएको हुन्छ ।

स्याउः

स्याउ अल्फा हाइड्रोक्सी एसिडको सबैभन्दा राम्रो स्रोत हो । यसले छालाको तन्तुको नवीकरण गरी छालालाई स्वस्थ र जवान राख्छ । स्याउमा भिटामिन सीको प्रचुर मात्रा पाइने भएकाले यसले स्याउलाई शक्तिशाली एन्टिअक्सिडेन्ट बनाउँछ जसले छालालाई लचिलो बनाएर चाउरीपनबाट जोगाउँछ ।

स्याउमा पाइने भिटामिन ए ले छालालाई चम्किलो बनाउने काम गर्छ । साथै, स्याउमा पाइने अत्यधिक फाइबरले पेट सफा राख्ने काम गर्नुका साथै छालालाई डण्डीफोररहित बनाउँछ ।

मेवाः

मेवामा भिटामिन ए, बिटा क्यारोटिन र पपेन नामको महत्वपूर्ण एन्जायम पाइन्छ । पपेनले पाचन क्रियामा पनि सहयोग गर्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि अत्यधिक पाइन्छ ।

यसले छालालाई क्षती हुनबाट जोगाउँछ । मेवाको मास्कले छालामा चाउरी पर्नबाट जोगाउँछ त्यसैले मेवालाई सौन्दर्य प्रशाधन थुप्रै कम्पनीले साबुन, क्लिन्जर, फेसियल पिल र लोसनलगायतका विभिन्न उत्पादनमा समावेश गर्ने गर्छन् ।

किवीः

किवीमा भिटामिन ई र सीको अत्यधिक मात्रा पाइन्छ । सुन्दा अचम्म लाग्ला सय ग्राम किवीमा ९८ मिलिग्राम भिटामिन सी पाइन्छ । भिटामिन ई र सीले छालाको लचिलो पन निम्त्याइ क्षती हुनबाट जोगाउँछ ।

किवीमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छन् । यी एसिडले छालाको संक्रमणबाट जोगाउने गर्छ ।

कागतीः

कागतीलाई प्राकृतिक ब्लिचको रुपमा हेर्ने गरिन्छ किनभने यसले छालामा निखार ल्याउनुका साथै डण्डीफोर इत्यादिका दाग मेटाउन सहयोग गर्छ । यसले छालालाई चम्किलो बनाउनुका साथै गहिरो तरिकाले सफा गर्ने गर्छ तसर्थ छालामा अड्किएका फोहोर हट्ने गर्छ । कागतीमा भिटामिन सी पनि पाइने भएकोले यसको जुसले छालालाई सुन्दर राख्न मद्दत गर्छ । कागतीको भित्री भागलाई कुहिनोमा दल्नुहोस् । यसो गर्दा कुहिनोको कालो हट्ने गर्छ ।

यी सात फलफूलबाहेक अन्य फलफूल जस्तै एभोकाडो, भुईंकटहर, स्ट्रबेरी, खरबुजा र आलुबखडाले पनि छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्रोतः लाउड फ्याक्ट

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप