शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनरल इन्स्योरेन्सको मंगलबारबाट सेयर कारोबार हुने

सोमबार, २६ असोज २०७७, १२ : ५९
सोमबार, २६ असोज २०७७

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार मंगलबारबाट हुने भएको छ । इन्स्योरेन्सको  १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार (असोज २६ गते) सेयर सूचीकरण सम्झौता भएको हो । कारोबार भने भोलिबाट हुनेछ । 

नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश गरिएको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो । उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका थिए । ५ लाखभन्दा बढी आवेदकको हात खाली भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप