मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आमिरकी छोरी डिप्रेशनमा भएको खबर सुनेर कंगनाले दिइन् यस्तो प्रतिक्रिया

सोमबार, २६ असोज २०७७, १३ : २१
सोमबार, २६ असोज २०७७

आमिर खानकी छोरी इरा खानले विश्व मानसिक स्वास्थ्य दिवसको मौका पारेर एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनले आफ्नो पछिल्लो चार वर्षदेखि डिप्रेशनको शिकार भएको बताएकी छिन् । इराको यो भिडियोमा कंगनाले प्रतिक्रिया जनाएकी छिन् ।

कंगनाले इरा डिप्रेशनमा हुनुको पछाडि उनको परिवार टुट्नु जिम्मेवार भएको बताएकी छिन् ।

कंगनाले इराको भिडियो ट्वीटरमा सेयर गर्दै आफ्नो समय याद गर्दै लेखिन्, ‘१६ वर्षको उमेरमा म शारीरिक उत्पीडनको सामना गरिरहेकी थिएँ । एक्लै आफ्नो बहिनीलाई सम्हालिरहेकी थिएँ, जसलाई एसिडले जलाइएको थियो र मिडियाको रोष पनि झेलिरहेकी थिएँ । डिप्रेशनका थुप्रै कारण हुनसक्छन् तर सामान्यतयाः टुटेको परिवारको बच्चाका लागि यो थप मुश्किल हुनेगर्छ । पारम्परिक पारिवारिक सिस्टम असाध्यै आवश्यक छ ।’


इराले आइतबार आफ्नो इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू क्लिनिकल्ली डिप्रेस्ड भएको जानकारी दिएकी थिइन् ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् । आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो । सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप