शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिभिएसको नयाँ शोरुम सानो भर्‍याङमा, एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक

सोमबार, २६ असोज २०७७, १५ : ४७
सोमबार, २६ असोज २०७७

काठमाडौं । टिभिएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्‍याङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । जगदम्बा इन्जिनियरिङ्ग नामक शोरुम संचालनमा ल्याएका हो ।

कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्राववले उक्त शोरुमको आधिकारीक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुने जानकारी दिए । 
यस्तै कम्पनीले अपाचे आरटीआर १६० फोर भिमा एबीएस र स्मार्ट कनेक्ट फिचर सहितको मोटरसाइकल सार्वजनिक गरेको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भि ग्राहकले खरिद गर्न सक्ने छन् ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै अग्रवालले भने, ‘हामीले ग्राहकको चाहना र बजेट अनुसारको मोटरसाइकल ल्याएका छौं । एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन् । यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ ।

स्मार्ट कनेक्ट फिचरको प्रयोग

चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिने छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ । यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो ।

साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्ने छन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ ।

यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ ।

त्यसैगरि नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ । बिशेषत यो फिचरले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न मद्धत गर्छ ।

यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्न मद्धत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोवाइल माफर्त टर्न वाइ टर्न नेभिगेशन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट मार्फत मोवाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ । कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ । यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो बिशेषत ग्रुपमा राइड गर्दा महत्वपूर्ण हुन्छ ।

यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।

यसअघि बिक्री हुँदै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल आजदेखि नै बिक्री सुरु गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप