शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा कोरोनाका कारण युवकको मृत्यु

सोमबार, २६ असोज २०७७, १७ : ४०
सोमबार, २६ असोज २०७७

धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको  यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप